फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
कात्तिक ४, २०७६
गौर (रौतहट) – रौतहटमा नरसंहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलमले इन्कारी बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसन्धान अधिकारीले जिल्ला सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालको रोहवरमा आलमलाई ३४ प्रश्न सोधिएको थियो ।
कात्तिक ३ गते आइतवार आलमलाई दिउँसो साढे ३ बजेदेखि राति साढे ८ बजेसम्म ५ घण्टा बयान लिइएको थियो ।
कस्ता प्रश्न सोधिए ?
सरकारी वकिल कटुवालका अनुसार आलमलाई उनको राजनीतिक पृष्ठभूमिदेखि आर्थिक अवस्था सहितका प्रश्न गरिएका छन् । त्यसपछि घटना वारदातसँग जोडिएका मुख्य प्रश्न सोधिएका थिए ।
आलमले कसूर अपराधमा इन्कारी बयान गरेका छन् । उनले घटना भएकै होइन भनेर बयान दिएका छन् ।
यस्ता छन् अनुसन्धान अधिकारीले सोधेका प्रश्न –
– राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसिएसन, इन्सेक लगायतका संस्थाको प्रतिवेदनमा तपाईंले घटना स्थल परिवर्तन गरेको, बम बिष्फोट भएको घरको नयाँ पर्खाल र देवाल लगाएको, नयाँ बाँसहरू लगाएको भनेर प्रतिवेदन आएको छ । घटनास्थल र घरमा ती परिवर्तनहरू किन गर्नुभएको ?
– सर्वोच्च अदालतबाट निर्णय हुँदा रिटमा २ जना मृतकहरू चुनाव हुनुअघि तपाईंको चुनाव प्रचारप्रसारका क्रममा जाँदा तपाईंको घरमा भएको बम बिस्फोटनमा परेर घाइते भएपछि जिउँदै जलाएकोबारे के भन्नुहुन्छ ? प्रत्यक्षदर्शीहरूले घटना देखेको भनेर गरेको कागजबारे के भन्नुहुन्छ ?
– बम बिस्फोटनमा घाइते भएर बाँचेका १ जना प्रत्यक्षदर्शी तथा पीडितले प्रहरीमा जाहेरी नै दिएका छन् । घटना भएका बेला सर्लाहीका १ व्यक्ति बिस्फोटनमा घाइते भएका थिए । ब्यापार गर्न गाईवस्तु किनेर जाँदै गरेको बेला बिस्फोटनमा परेर उनी घाइते भएका थिए । पेटमा घाउ लागेपछि गाईवस्तु त्यहीँ छाडेर पेटमा गम्छाले बाँधेर उनले गाईवस्तु किन्ने साहुकहाँ गएर ज्यान जोगाएका थिए । ती साहुले उनलाई मोटरसाइकलमा चढाएर लगेर उपचार गरेको १९ दिनपछि मात्र उनको होस आएको थियो । ३ महिनासम्म उनले उपचार गराएपछि मात्र होस् आएका त्यहीँ पीडितले अर्को नयाँ जाहेरी ज्यान मार्ने उद्योग अन्तर्गत दर्ता समेत गरेकाले त्यसबारे तपाईंको भनाई के छ ?
– बम बिस्फोटनबारे प्रहरी नायव उपरीक्षकको प्रतिवेदन अनुसार बिस्फोटक पदार्थ ऐन अन्तर्गतबारे तपाईंको भनाई के छ ?
– वारदात स्थलबाट मृतक ओशी अख्तरको जुत्ता मोजा समेत बरामद भएको तथा त्यो जुत्ता मोजालाई जाँच गर्नका लागि पठाइएको छ । त्यो जुत्ता मोजाबारे तपाईंको भनाई के छ ?
– घटना घटेको दिन देखेका, सुनेका दर्जनौं मानिसहरूले कागज गरेका छन्, त्यसबारे तपाईंको भनाई के छ ?
यसरी विभिन्न प्रश्न गर्दा आलमले ‘कुनै घटना नै नभएको, घटना नै नभएपछि घाइते हुने वा मृत्यु हुने वा जिउँदै जलाउने कुरा नै आउँदैन’ भन्दै इन्कारी बयान गरेको सरकारी वकील कटुवालले लोकान्तरलाई बताए ।
बयानमा उनले भनेका छन्, ‘हाम्रो परिवारबाट तीन पुस्ते व्यक्ति सांसद बनेका छौं, हजुरबुवा, काका र म आफैं पनि त्यस क्षेत्रबाट पटक–पटक सांसद भएर संसदमा पुगेकाले राजनीतिक षड्यन्त्रका कारण विपक्षीहरूले झूटा कागज वा जाहेरी दिएका हुन् ।’ आफ्नो परिवारबाट ९ पटक सांसद बनेकाले राजनीतिक रुपमा झूटा षड्यन्त्रमा फसाउन खोजिएको आलमले जवाफ दिएका छन् ।
‘विभिन्न पत्रपत्रिकामा आएको घटना सम्बन्धी समाचारहरूका विषयमा तपाईंले ती सञ्चारमाध्यमलाई प्रतिक्रिया दिनुभयो वा भएन’ भन्ने प्रश्नमा उनले आफूलाई थाहा नभएको र कुनै प्रतिक्रिया समेत नदिएको जवाफ दिएका छन् ।
सरकारी वकिल कटुवालका अनुसार घटना हुँदा बम बिस्फोटनमा परेर त्रिलोकप्रताप सिंह र ओशी अख्तरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्दाजी १३–१४ जना घाइते भएका थिए । ती सबै घाइतेलाई बेहोस पारेर ट्रयाक्टरमा लगेर जिउँदै इँटाभट्टाको चिम्नीमा फालेर मारिएको थियो । त्यही चिम्नीमा घाइतेहरू जलेर खरानी भएका थिए ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...