×

NMB BANK
NIC ASIA

राजनीति

राजपाको सत्तारोहण रोक्न उपेन्द्रको ‘एकीकरण कार्ड’ : ‘राजपाले भनेरै सरकार छाड्यौं’

पुस ९, २०७६

NTC
फाइल फोटो
Premier Steels

संघीय सरकारबाट समाजवादी पार्टीको बहिर्गमनसँगै धेरैको ध्यान राष्ट्रिय जनता पार्टी (राजपा) तिर सोझिएको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नै नियमित पत्रकार सम्मेलनमा राजपा सरकारमा आए आफूहरू मन्त्री पद छाड्न तयार रहेको बताएका थिए ।

Muktinath Bank

राष्ट्रियसभा निर्वाचनका लागि २ नम्बर प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच तालमेल भएपछि नेकपा–राजपा निकटताको चर्चा प्रकाशमा आएको हो तर उपेन्द्र यादवले ओली सरकारलाई दिएको समर्थन फिर्ता दिँदै राजपालाई  सत्तारोहणको बाटो छेक्ने गरी अभिव्यक्ति दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरणका लागि पहिल्यैदेखि छलफल चल्दै आएको थियो । पार्टी एकीकरणका लागि राजपाले राखेको एक प्रमुख शर्त थियो – समाजवादीले सरकार छाड्नुपर्ने । पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुग्न रोक्ने त्यो शर्तलाई देखाउँदै बुधवार आयोजित पत्रकार सम्मेलनमा उपेन्द्र यादवले भने, ‘सरकार छाड्नुपर्छ भन्ने राजपाको माग थियो, यो माग पनि पूरा भएको छ । अब पार्टी एकीकरण गर्न सजिलो हुन्छ ।’


Advertisment
Nabil box
Kumari

केही प्राविधिक (पद बाँडफाँड) बाहेक अन्य सबै कुरा मिलिसकेको अवस्थामा समाजवादीले सरकार छाड्दा पार्टी एकीकरणको वातावरण बनेको उपेन्द्रले बताए । ओली सरकारले जनताको माग अनुसार संविधान संशोधन गर्ने अवस्था नरहेको दाबी गर्दा समेत राजपालाई सरकारमा जान सहज हुने देखिँदैन । उपेन्द्रले सरकार छाडेपछि अब राजपासामु २ विकल्प देखिएका छन् – समाजवादीसँग पार्टी एकीकरण गर्ने वा ओली सरकारमा जाने ।

Vianet communication

राजपाले समेत संविधान संशोधनको माग राख्दै आएकाले राजनीतिक एजेन्डा र अडानका आधारमा ओली सरकारमा सहभागी हुने विकल्प त्यति सहज देखिँदैन । अरु पदको बाँडफाँड मिलेमा समाजवादी–राजपा एकीकरण हुने सम्भावनाको पल्ला भारी हुन्छ ।

राजपा ओली सरकारमा जानु ‘आत्महत्या’ हुनेसम्मको अभिव्यक्ति नेता उपेन्द्र यादवले दिए । यादवले प्रश्न गरे, ‘राजपा सरकारमा गएर आत्महत्या गर्ला र ?’ राजपासँग पार्टी एकीकरणका क्रममा समाजवादीले सरकार छाड्नुपर्ने शर्त राखिँदै आएकाले राजपा सरकारमा जाने सम्भावना नरहेको समेत यादवले बताए । ‘सरकारमा जाने/नजाने उहाँहरूको स्वतन्त्रताको विषय पनि हो तर जानीजानी आत्मघाती कदम उठाएर जानीजानी आत्महत्या त गर्दैनन् होला नि !’ उनले भने ।

उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादवले राखेको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने प्रस्ताव अस्वीकृत भएपछि समाजवादीको बहिर्गमन सम्भव भएको हो ।

समाजवादी पार्टीले अब प्रतिपक्षमा रहेर संविधान संशोधन र जनताका एजेन्डालाई स्थापित गर्न सदन र सडकबाट आवाज उठाउने समेत अध्यक्ष यादवले पत्रकार सम्मेलनमार्फत बताएका छन् । राजपाले समेत संविधान संशोधन प्रक्रिया अगाडि नबढेको भन्दै ओली सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ । अब समाजवादी–राजपा दुवै प्रतिपक्षमा पुगेका छन्, संविधान संशोधनको एजेन्डासहित ।

राजपाले संसद बैठकमै चर्काेसँग उठाउँदै आएको रेशम चौधरीको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग समेत पूरा भएका छन् । रेशम चौधरीलाई अदालतबाटै सजाय निर्धारण भइसकेकाले यो विषय झनै जटिल बनेको अवस्थामा राजपालाई ओली सरकारमा जानु सहज छैन ।

राजपाले समाजवादीलाई सरकारबाट बाहिर पुर्‍याउन ‘एकीकरण कार्ड’ प्रयोग गर्न खोजेको थियो तर उपेन्द्रले त्यो शर्तलाई तुरुन्तै स्वीकार गरेनन् । अहिले त्यही ‘एकीकरण कार्ड’लाई उपेन्द्रले राजपालाई सरकारमा जानबाट रोक्न प्रयोग गर्ने देखिएको छ ।

उपेन्द्रलाई राजपाको जवाफ : 'हामी आत्महत्या गर्दैनौं'

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x