×

NIC ASIA

जीर्ण बन्यो त्रिचन्द्र क्याम्पस

देउवा र गगनले पढेको त्रिचन्द्र कलेजको बेहाल– मक्किएको भवनले कुनबेला च्याप्ने हो भन्ने त्रास [भिडियो]

साउन ११, २०७९

Prabhu Bank
NTC
Premier Steels

विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको अवस्था दयनीय बनेको छ । 

एक शताब्दी लामो इतिहास बोकेको क्याम्पस अहिले भौतिक रूपमा पूर्ण जीर्ण अवस्थामा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याम्पसको घण्टाघर पट्टिको भागमा जताततै चर्केको भवन, भित्ताभरि घाँस, लेउ अनि रसाएको पानी, विद्यार्थी पढ्ने कक्षा कोठाको छतबाट भुइँसम्म पानी तपतप चुहिएको अवस्था छ । 


Advertisment
Rupse Holidays
Nabil box

जताततै परेवाको गुण अनि घाँसैघाँसले भवन घेरिएर ज्यादै अव्यवस्थित देखिएको छ । २०७२ सालको भूकम्पले त्रिचन्द्र क्याम्पसको पुरातात्विक भवनमा ठूलो क्षति पुगे पनि यसलाई जीर्णोद्धार गर्नेतर्फ भने सरोकारवालाको ध्यान पुग्न सकेको देखिँदैन ।

Vianet communication

त्रिचन्द्र क्याम्पसको तथ्यांक शास्त्रमा चौथो वर्षमा अध्ययनरत प्रदीप पोखरेलले भने, ‘पढ्नका लागि ओत लाग्ने ठाउँ छैन, छतबाट पानी चुहिन्छ । चुहिएको पानी कक्षा कोठामा जमेको छ । कतिबेला छत माथिबाट इँटा खस्ने हो भन्ने त्रासले मानसिक रूपले कक्षा कोठामा बसेर पढ्न सक्ने वातावरण नै छैन ।’

कक्षा कोठादेखि शौचालयसम्म क्याम्पसमा पढ्ने विद्यार्थीले सुरक्षित महसूस गर्न नसकेको पोखरेलले बताए ।

सोही विधाको चौथो वर्षमा अध्ययनरत प्रदीप आचार्यको भनाइ पनि उस्तै छ । उनले भने, ‘सबै भवन पूर्ण रूपले जीर्ण छ । अरु विधाका विद्यार्थीले पनि यहाँ भएको एक मात्र कक्षा कोठा नै प्रयोग गर्नुपरेको छ । जसले गर्दा कक्षाका लागि कुर्दाकुर्दा हाम्रो पहिलो कक्षा नै दिउँसोको ३ बजेबाट मात्र शुरू हुन्छ ।’

‘अहिले पनि जीर्णोद्धार हुने कुनै संकेत देखिँदैन,’ उनले भने, ‘हामी यहाँ अध्ययन सकिएर नजाँदै जीर्णोद्धार शुरू भएको हेर्ने रहर छ ।’

विपिन पाठकले क्याम्पसको भग्नावशेषले गर्दा पहिलो वर्षको कक्षासँग आफ्नो कक्षा जुधिरहेकाले पढ्नमा बाधा पुगिरहेको उनले बताए । कहिलेकाहीँ कक्षा कोठा नभएरै पढ्न नपाएकोमा दुःख लाग्ने गरेको उनले बताए ।

‘कुनै समय अर्थमन्त्रीले यस क्याम्पसको पुनर्निर्माणका लागि भनेर बजेट छुट्याएका भए पनि त्यो अहिलेसम्म लागू हुन सकेन, जहिले भोलि–भोलि भनेर टार्ने काम भयो र आज यस क्याम्पसको हालत भूकम्प जाँदा जस्तो थियो, अहिले पनि उस्तै छ,’ उनले व्यंग्यात्मक शैलीमा गुनासो पोख्दै भने, ‘तर हामीले ४ वर्षसम्म यस क्याम्पसमा अध्ययन गरिसकेका छौं । हाम्रो आत्मा यहाँ बसिसकेको छ । त्यस हिसाबले चाँडोभन्दा चाँडो पुनर्निर्माण शुरू भएर सम्पन्न होस् भन्ने चाहना रहेको छ ।’

यो प्रधानमन्त्री शेरबहादुर देउवा पढेको क्याम्पस समेत हो । कांग्रेसका महामन्त्री गगन थापाले पनि यही क्याम्पसमा पढेका थिए । विद्यार्थी नेताका रूपमा गगनले राजनीतिक ‘हाइट’ नै यही कलेजबाट बनाएका थिए ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ ८, २०७८

चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

बालेनलाई जवाफ दिन एमालेको ढिलाइ किन ?

बालेनलाई जवाफ दिन एमालेको ढिलाइ किन ?

जेठ २२, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले न्युरोड फूटपाथ फराकिलो बनाउने विवादले एकाएक संघीयता कार्यान्वयनको बहस सिर्जना गरेको छ । काठमाडौं महानगरपालिकाले भत्काएको फूटपाथ सडक विभागले टाल्न थालेपछि सोमबा...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

x