×

NMB BANK
NIC ASIA

डाक्टरको परिवार सखाप पार्ने ज्यानमारा सडक

थानकोट-चित्लाङ 'मृत्यु मार्ग': यस्तो ठाउँबाट खसेको थियो डा. गौतमको गाडी [ड्रोन भिडियो]

काठमाडाैं | माघ ३, २०८०

NTC
Premier Steels

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए ।

Muktinath Bank

उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तलैसम्म आइपुगेको देख्न भ्याए, तर त्यहाँसम्म पुग्ने हिम्मत गर्न सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'शनिवार साढे २ बजे घाम तापेर बसिरहेको थिएँ, ड्याङ्ग गर्नेबित्तिकै आँखा त्यहीँ पुग्यो,' लामाले लोकान्तरसँग भने, 'गाडी भीरबाट ३/४ बल्ड्याङ खसेर तल आइपुग्यो । मान्छेहरू रोडमा छरिएका छन्, भन्ने सुनेको थिएँ, मचाहिँ जान सकिनँ ।'


Advertisment
Nabil box
Kumari

null

Vianet communication

यो त्यही दुर्घटना हो, जहाँ डा. महेशकुमार गौतम, उनका दुई सन्तानसहित ५ जनाको मृत्यु भएको थियो ।

काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्रदेश ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खस्दा चालक डा. गौतम, उनका  २ सन्तान ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियान्स तथा सासूससुरा ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भयो ।

ढुंगामा फसेर गाडी अगाडि नबढेपछि श्रीमती डा. सृष्टि तिवारी गौतम ओर्लिएकी थिइन् । 

null

उनी ओर्लिएकै अवस्थामा गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो । अहिले पनि गाडी दुर्घटनास्थलमै छ ।

घुम्तीमा सडकबाट सडक, सडकबाट सडक हुँदै गाडी तलसम्म खसेको घटनास्थलमा देख्न सकिन्छ । अझै पनि गाडीका पार्ट्स पुर्जा सडकमा छरिएका भेटिन्छन् ।

थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत सेतो पहरोमा यसरी गाडी खसेको पहिलोपटक होइन रहेछ ।

null

करिब ६ महिनाअघि पनि यही ठाउँबाट मारुती भ्यान खसेको लामाले सुनाए ।

'५/६ महिनाअगाडि यही ठाउँबाट मारुती भ्यान खसेको थियो । गाडी अगाडि नबढेपछि ३ जना झरेका रहेछन् । बाँकी २ जना गाडीमै थिए । गाडी खसेर तल सडकमा आइपुग्यो,' लामाले भने, 'एकजना गाडीसँगै सडकमै आइपुगे, अर्का एकजना माथि नै अड्किएर आर्मी आएर निकाल्नुपर्‍यो ।'

रातो घेरामा गाडी खसेको स्थान । योभन्दा तल सडकमा २/३ घुम्ती छ ।

उक्त दुर्घटनामा ती दुवै जनाको मृत्यु भएको स्थानीय शोभा लामाले बताइन् ।

'छिटोछिटै दुर्घटना हुन थाल्यो । अस्ति साउनमा मात्र २ जना बितेको, अहिले ५ जना बिते,' लामाले लोकान्तरसँग भनिन् ।

null

शनिवारको घटनामा आफूले गाडी खसेको आवाज सुनेको उनले बताइन् ।

'गाडी खसेको आवाज सुनेपछि मुटु नै ढुकढुक भयो । गाडी आइपुगेको ठाउँसम्मचाहिँ गएँ, माथि जान सकिनँ । बाटोभरि शवहरू छरिएका छन् भन्ने सुनेको थिएँ,' उनले भनिन् ।

उकालो घुम्ती सडक, त्यसमाथि कच्ची, यो खण्डलाई 'मृत्यु मार्ग' भन्दा फरक पर्दैन ।

null

शोभा आफूलाई सडक आसपासको खोल्साखाल्सीमा पुग्नै डर लाग्ने गरेको बताउँछिन् ।

'यता खोल्सामा जान पनि डर  छ, माथिबाट खसेर टाउकोमै गाडी आउने हो कि भन्ने लाग्छ,' उनले भनिन् ।

null

काठमाडौंमा बोकेर गाडी ल्याउने बेलादेखिको इतिहास बोकेको यो सडक दयनीय अवस्थामा छ । ट्रयाक विस्तार गरेर चौडा बनाइए पनि  पिच हुन सकेको छैन ।

बसदेखि साना ठूला गाडी दैनिक चल्ने सडक धराप अवस्थामा छ । तर, स्तरोन्तिमा राज्य ध्यान जान सकेको छैन ।​

हेर्नुहोस्, भिडियो :

null

हेर्नुहोस्, घटनास्थलको ड्रोन भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x