×

NMB BANK
NIC ASIA

कविता– को हो त्यो कानूनमा अधिकार माग्ने शिक्षक ?

-रामप्रसाद घिमिरे

काठमाडाैं | असोज ३, २०८०

NTC
Premier Steels

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ ।

Muktinath Bank

त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौंको जीवन बचाइरहेका छौ ।


Advertisment
Nabil box
Kumari

त्यो शिक्षकले पढायो, इन्जिनियर बन्न सिकायो र त आज भौतिक विकासमा रमाइरहेका छौ ।

Vianet communication

त्यो शिक्षकले पढायो, पाइलट बन्न सिकायो र त आज हावामा विमान उडाइरहेका छौ ।

त्यो शिक्षकले पढायो, समाजसेवी बन्न सिकायो र त आज दिन दुःखीको सेवा गरिरहेका छौ ।

को हो त्यो कानूनमा अधिकार माग्ने शिक्षक ? 

त्यो शिक्षकले पढायो, चालक बन्न सिकायो र त आज सवारीसाधन चलाइरहेका छौ ।

त्यो शिक्षकले पढायो, स्वावलम्बी बन्न सिकायो र त आज व्यवसाय गरिरहेका छौ ।

त्यो शिक्षकले पढायो, कानून बुझायो र त आज न्यायाधीश बनिरहेका छौ ।

त्यो शिक्षकले पढायो, कानून बुझायो र त आज कानुन व्यवसायी बनिरहेका छौ ।

त्यो शिक्षकले पढायो, असल नागरिक बन्नुपर्ने सपना देखायो र त आज समाजको नमुना बनिरहेका छौ ।

....त्यही शिक्षकले पढायो, सिकायो र त धेरै बनिरहेका छौ 

अनि त्यही शिक्षकलाई अधिकार माग्ने बनाउने ? 

मेरो देश, कक्षाकोठामा विद्यार्थीलाई शिक्षा दिनुपर्ने शिक्षक आज ५२ वर्षपछि बन्नलागेको कानुनमा अधिकार खोज्दै पठनपाठन रोकेर सडकमा छन् । यो अवस्थामा पुर्याउने राज्यको दोष होइन, यसमा शिक्षकको के दोष छ ?

(घिमिरे बागलुङको बडिगाड गाउँपालिकामा रहेको थानापति आधारभूत विद्यालयका शिक्षक हुन् ।)
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x