×

NMB BANK
NIC ASIA

अन्योलमा अरनिकोको जडिबुटी बसपार्क

पूर्व जाने यात्रुका लागि कोटेश्वर–जडिबुटीमा बन्यो बसपार्क, बालेनको बखेडाले सञ्चालन अनिश्चित [भिडियो]

काठमाडाैं | असोज १०, २०८०

NTC
Premier Steels

पूर्व अरनिको यातायात प्रा.लि.ले झन्डै १० करोड रुपैयाँ खर्चेर जडीबुटीमा निर्माण गरिरहेको सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउँदै अन्योलमा परेको छ ।

Muktinath Bank

काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न नदिने भनेर अड्डी कसेपछि निर्माणको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालन हुने/नहुने अन्योल उत्पन्न भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरपालिकाले यात्रु चढाउन तथा ओराल्न गोंगबुस्थित बसपार्कमै पुग्नुपर्ने नियम बनाएपछि पूर्व अरनिको यातायातले निजी जग्गा भाडामा लिएर आफ्नै लगानीमा बसपार्क बनाएको हो ।


Advertisment
Nabil box
Kumari

करीब १४ रोपनी जग्गा ५ वर्षका लागि लिजमा लिएर बसपार्क निर्माण गरिएको छ ।

Vianet communication

null

निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ३२ देखि जिप्रका काठमाडौं र महानगरपालिका सबै निकायसँग अनुमति लिइएको दाबी प्रालिको छ ।

'हामीले वडा कार्यालयदेखि जिप्रका, महानगरपालिका सबै निकायमा दर्ता प्रक्रिया अगाडि बढाएर नै काम गरेका हौं, पूर्व अरनिको यातायात प्रालिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले लोकान्तरसँग भने ।

'वडा नम्बर ३२ सँग अनुमति लिएरै यो बसपार्क निर्माण कार्य अगाडि बढेको हो,' उनले थपे ।

null

काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा बीपी राजमार्ग हुँदै पूर्वीपहाड एवं तराईका जिल्लाबाट आउने यात्रुहरूलाई गोंगबु पुर्‍याएर झार्दा सास्ती हुने भएकाले आफ्नै लगानीमा बसपार्क निर्माण गरिएको दाबी अरनिको यातायातको छ ।

काठमाडौं महानगरपालिकाले एउटै महानगरभित्र २ बसपार्क चाहिँदैन भन्ने तर्क गरिरहेको उनले बताए ।

'महानगरपालिकाका यातायात विज्ञले महानगरपालिकाभित्र एउटा मात्र बसपार्क भए पुग्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ, उक्त बसपार्कले मात्र यात्रुको चाप थेग्न सक्दैन भन्ने हाम्रो ठम्याइ हो,' पूर्व अरनिको यातायात प्रालिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने ।

null

बसपार्क भत्काउने भन्ने कुरा समेत सुनेको भन्दै उनले त्यसो गर्न खोजे आफूहरू महानगरविरुद्ध आन्दोलनमा उत्रिने बताए । 'महानगरपालिकाले यस बसपार्क भत्काउने भन्ने सुन्नमा आएकाले 'जडिबुटी बसपार्क बचाऊ अभियान' अन्तर्गत धर्ना कार्यक्रम शुरू गरेका छौं,' बस्नेतले भने, 'भोलिका दिनमा बसपार्क सञ्चालन गर्न नदिए हामी महानगरविरोधी अभियानमा होमिन्छौं ।'

महानगरपालिकाले अनुमति दिए दशैंअगाडि नै बसपार्क सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ ।

पूर्व अरनिको यातायात प्रालिले बसपार्कमा नि:शुल्क शौचालय, व्यवस्थित रेस्टुरेन्ट, यात्रु प्रतिक्षालय, टिकट काउन्टरदेखि आफ्ना व्यवसायी तथा यातायात कर्मचारीका बच्चाहरूका लागि नि:शुल्क स्कूल बस समेत सञ्चालन गरेको छ ।

'हाम्रा व्यवसायीका बालबच्चा पनि शिक्षित हुनुपर्छ भन्ने उद्देश्यका साथ पूर्व अरनिको प्रालिले ४ वटा बस किनेर तीनकुनेमा रहेको कौटिल्य स्कूलसँग एग्रिमेन्ट गरी मजदूरका बच्चा समेत ओसारपसार गर्छ,' चालक रामशरण खड्काले लोकान्तरसँग भने ।

null

४ वटा बसले संस्थामा कार्यरत कर्मचारीका २५० जना बच्चालाई नि: शुल्क सेवा दिने गरेको छ।

'प्राइभेट सेक्टरले आफ्नै लगानीमा यसरी बसपार्क निर्माण गरिदिँदा राज्यले सम्मान गर्नुपर्ने ठाउँमा झन् गिद्देनजर लगाएको देख्दा महानगरप्रति घृणा जागेको छ,' खड्काले आक्रोशित हुँदै भने ।

अहिले उक्त बसपार्क बचाउन भन्दै पूर्व अरनिको यातायात प्रालिका कर्मचारीले धर्ना कार्यक्रम जारी राखेका छन् ।

null

स्रोतका अनुसार पूर्व अरनिको यातायात प्रालिले बनाएको यस बसपार्क सञ्चालन गर्न नदिनेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकै बढी चासो छ ।

उनकै समितिले गोंगबुबाहेक अर्को बसपार्क नचाहिने भनेर नीति बनाएको स्रोतको दाबी छ ।

यस विषयमा जिज्ञासा राख्दा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरभित्र एउटा मात्र बसपार्क होस् भन्ने आफूहरूको नीति रहेको बताए ।

'काठमाडौं महानगरभित्र एउटा मात्र बसपार्क होस् भन्ने हाम्रो नीति नै हो,' मानन्धरले लोकान्तरसँग भने ।

नागरिकको सहजताका लागि अर्को बसपार्क बन्दा के फरक पर्छ त भन्ने प्रश्नमा उनले आफूसँग यस विषयमा थप जवाफ नरहेको बताए । 'यो हाम्रो नीति नै हो, मसँग धेरै एन्सर छैन,' मानन्धरले भने ।

भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x