बैशाख २९, २०८१
केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...
सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गरी निष्कर्षमा पुग्ने हाम्रो बानी छैन । म पनि यही समूहभित्र पर्छु । मोबाइलमा फेसबूक खोल्यो, हेर्यो, ए यस्तो भएछ भन्यो, छाड्यो । यस्तो स्वभाव मेरो मात्रै होइन, अधिकांश व्यक्तिको रहेको पाउँछु । यद्यपि, फेसबूकमा आएका कुनै विषयमा विशेष रुचि भयो भने मात्रै गहिराइसम्म पुग्न सोधखोज गर्ने र सन्दर्भ सामग्रीको अध्ययन गर्ने मेरो बानी छ ।
फेसबूकमा आएको एउटा प्रसंगलाई मैले केही दिनदेखि सूक्ष्म ढंगले निगरानीमा राख्दै आएको थिएँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आफ्नो सामाजिक सञ्जालमा किताबको संक्षिप्त विषयवस्तु दिँदै नाम सुझाउन आग्रह गर्नुभएको थियो । त्यहाँ हजारौं प्रतिक्रिया आएका छन् । अरूको प्रतिक्रिया पढेपछि मलाई पनि केही लेखौं–लेखौंजस्तो लागेको थियो । मैले लेख्न बिर्सिएँ वा लेखेको छु, त्यो मलाई याद छैन । तथापि, डा. ओम मूर्ति अनिलको किताब आउँदैछ, त्यो मैले अवश्य पढ्नेछु भन्ने कुराले भने मेरो मष्तिष्कमा जरा गाडेको थियो ।
डा. ओम मूर्ति अनिलले जनस्वास्थ्यका विषयमा सामाजिक सञ्जालमार्फत सचेतना जगाउँदै आएको कुरा मलाई अत्यन्तै मनपर्छ । सकभर उहाँका हरेक पोस्टलाई हेर्ने, पढ्ने र मनन गर्ने मेरो प्रयत्न रहन्छ । कतिपय कुरा उहाँले भनेजस्तै गरी मैले मेरो जीवनमा अवलम्बन पनि गर्ने गर्छु, जसका कारण मेरो स्वास्थ्यमा विगतको भन्दा राम्रो अनुभूति भएको मलाई लाग्छ । मानिसलाई ‘कन्भिन्स’गर्न सक्ने र मानिसले खोजेको कुरा प्रस्टरूपमा प्रस्तुत गर्ने उहाँको क्षमताको म प्रशंसक नै हुँ । शायद, त्यही भएर नै होला सामाजिक सञ्जालमा मजस्ता उहाँका लाखौं प्रशंसक छन् ।
प्रसंग फेरि किताबकै असोज ५ गते शुक्रबार उहाँको बसुन्धरामा ‘जीवन्त सम्बन्ध’नामक किताब विमोचन हुँदै गरेको खबर पाएँ । म अफिसको कामले काठमाडौंबाट पोखरा जाने तयारीमा थिएँ । उहाँको किताबप्रति मेरो कौतुहलताका कारण गाडी मोडेर बसुन्धरास्थित कार्यक्रमस्थलमा पुगें । त्यहाँबाट किताब किनेर त्यतैबाट साँझपख म पोखरातिर लागें ।
झम–झम परेको पानी परिरहेको थियो । बाटो मर्मत गरिने भएकाले मुग्लिङमा राति बाटो बन्द रहेछ । त्यसैले राति नै पोखरा पुग्ने मेरो योजना असफल भयो । धार्केमै लामो जाममा परियो । होटलमा गएर खाजा खाएर फर्किएपछि गाडीमा आएर पल्टिएँ । मोबाइल चलाउँदै थिएँ । फ्याट्ट डा. ओम मूर्ति अनिलको किताब विमोचनको भिडियो आयो । अनि झल्याँस्स सम्झिएँ, झोलामा यो किताब छ नि ! पढ्नुपर्यो भनेर किताब झिकें ।
किताब पढ्न थालेको शुरूकै च्याप्टरले मेरो ध्यान खिच्न थाल्यो । तर, बीच–बीचमा फेसबूकको ‘नोटिफिकेसन’र फोनले डिस्टर्ब गर्यो । अनि मैले घरमा म जाममा परेको र बिहान मात्रै सम्पर्क गर्ने खबर गर्दै मोबाइल स्वीच अफ गरें । त्यसपछि मात्रै ढुक्कसँग किताब पढ्न थालें ।
किताबले मलाई यसरी बाँधेर राख्यो कि रात बितेको पत्तै भएन । किताब पढ्दै गर्दा कयौं पटक–पटक मेरा आँखाबाट आँसु खस्यो । सँगैको साथीले मध्यरातमा म रोएको थाहा पाउला भएर हत्तपत्त आँसु पुछ्दै पढें । किताबमा लेखकले म पात्रमार्फत प्रस्तुत गरेको विम्बले मलाई असाध्यै छोयो । किताबको म पात्र आफू नै भएको अनुभूति हुन थाल्यो ।
कार्यव्यस्तता र मेरो कामको प्रकृतिका कारण प्रायः परिवारभन्दा टाढा रहने दैनिकी छ । यो किताब पढिसकेपछि मैले मेरो दैनिकी, काम गर्ने शैली पारिवारिक सम्बन्ध, आमाबुबाप्रतिको मेरो व्यवहार, सफलता प्राप्तिका निम्ति मेरो दौडधूप आदि विषयलाई मैले गहिरिएर सोच्न बाध्य बनाएको छ ।
हामीले दैनिकरूपमा देख्दै, भोग्दै आए पनि अहिलेसम्म नजरअन्दाज गरेका विषयलाई डा. ओम मूर्ति अनिलले पुस्तकमा मिहिन ढंगले केलाउनुभएको छ । हुन त किताबमा उहाँले आफ्नो प्रसंग भन्नुभएको छ, तर ती विषय हरेक नेपालीको घर-घरको कथा हो । ५३ वटा खण्डमध्ये झण्डै ३५ वटा खण्ड मेरो जीवनसँग मेल खान्छन् ।
किताबमा घटनाक्रम र प्रस्तुतिलाई मिलाएर राखिएको छ । एउटा खण्ड सकिएपछि अर्को खण्डमा के होला भन्ने कौतुहलता किताबले जगाउँछ । शुरूका खण्डदेखि नै पाठकलाई रुवाउने डा. ओम मूर्ति अनिलले किताबको अन्त्यतिर जोडेको आफ्नो प्रेम प्रसंगमार्फत पाठकलाई मुस्कुराउन बाध्य पारेका छन् । अर्थात् किताबले ‘ह्याप्पी इन्डिङ’को प्रयास गरेको छ । यो सकारात्मक पक्ष हो । किताब हाम्रा युवापुस्ता र आजका युवाका लागि आवश्यक छ । तर, उनीहरूले यो पुस्तक कति पढ्छन् भन्ने कुरा लेखकका निम्ति चुनौतीपूर्ण रहेको मैले देख्छु ।
नयाँ पुस्ताले पढ्ने बनाउनका निम्ति उनीहरूकै भाषा अर्थात अंग्रेजीमा रूपान्तरण गर्न जरुरी छ । शहरी युवालाई मात्रै होइन विदेश भासिएका र परिबन्दले विदेशिनु परेका युवालाई बलियो पारिवारिक सम्बन्धका लागि पनि पुस्तक पढाउन जरुरी रहेको मैले देख्छु ।
लेखकलाई शुभकामना !
(लेखक नवीकरणीय ऊर्जा परिसंघ नेपालका अध्यक्ष हुन् ।)
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...