×

NMB BANK
NIC ASIA

सर्वोच्चको फैसला– गोजीमा राख्न मिल्ने संविधानको पुस्तक घर–घरमा पुर्‍याउनू [पूर्णपाठ]

काठमाडाैं | असोज २६, २०८०

NTC
Premier Steels

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ ।

Muktinath Bank

अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले २०८० भदौ २४ गते गरेको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'२०७९ माघ ८ मा सार्वजनिक भएको नेपालको पछिल्लो जनगणनाका आधारमा, स्थानीय तहको सहायतामा, नेपाल सरकारले नेपाल कानून किताब व्यवस्था समितिमार्फत प्रत्येक प्रदेशमा सजिलो र कम खर्चिलो हुने, पकेटमा राख्न मिल्ने, सानो आकारमा संविधानको प्रति छपाई प्रत्येक घरबास वा धुरीमा उपलब्ध गराउनू,'  सर्वोच्चको आदेशमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी विद्युतीय वा इन्टरनेटको मध्यमबाट नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्वमा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत संघीय, प्रदेश र स्थानीय तहमा सजिलैसँग हेर्न र उतार गर्न सकिने गरी एक निश्चित वेबसाइटमा राख्ने प्रबन्ध मिलाई त्यसको जानकारी सर्वसाधारणलाई गराउन समेत सर्वोच्चको आदेश छ ।

Vianet communication

त्यसैगरी नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमार्फत विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा संविधानको प्रति वितरण गर्न आवश्यक प्रबन्ध मिलाउन, संविधानका आधरभूत विशेषताहरूसहितको जानकारी हुने सामग्री तयार गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा वितरण/परिचरण गर्ने प्रबन्ध मिलाउन पनि आदेश गरिएको छ ।

दीर्घकालीन रूपमा संविधानको छापिएको प्रति यथासक्य न्यूनतम् लागत मूल्य कायम हुने गरी देशका सबै प्रदेश, जिल्ला र स्थानीय तहमा नियमित खरिद गर्न पाउने प्रबन्ध मिलाउन समेत सर्वोच्चले आदेश गरेको छ ।

'प्रस्तुत आदेश प्राप्त भएको ६ महिनामा उल्लिखित आदेशहरूको कार्यान्वयन गरी यस अदालतका मुद्दा महाशाखाका प्रमुख तथा यस अदालतका प्रवक्तालाई कार्यान्वयन प्रतिवेदन पेश गर्नू भनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई जानकारी गराउनू,' आदेशमा उल्लेख छ ।

हेर्नुहोस्, पूर्णपाठ :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x