×

NMB BANK
NIC ASIA

जाजरकोट भूकम्प

इपिसेन्टरबाट वडाध्यक्ष भन्छन्- 'सुतेका बेला घर गर्ल्यामगुर्लुम ढले, मान्छे निस्किनै पाएनन्'

बुटवल | कात्तिक १८, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । 

Muktinath Bank

नगरपालिका उपप्रमुख सरिता सिंहको समेत भूकम्पमा परेर ज्यान गएको छ । नगरपालिकाको वडा नम्बर १ मा सबैभन्दा धेरै क्षति भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला सदरमुकामबाट ३९ किलोमिटर टाढा रहेको यो वडामा बिहानसम्म २४ जनाको मृत्यु र १५ जना गम्भीर घाइते भएको वडाध्यक्ष धनबहादुर महरले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

वडाका चिउरीमा १३ जना, कल्पतमा ५ र पाली भन्ने गाउँमा ६ गरी २५ जनाको मृत्यु भएको उनले बताए । 'अहिलेसम्मको विवरणअनुसार हाम्रै वडामा बढी धनजनको क्षति भएको छ,' उनले भने, 'सबै ठाउँमा अझै सम्पर्क हुन सकेको छैन । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।' 

Vianet communication

भूकम्पले बाटो बन्द हुँदा उद्दारमा समेत समस्या भएको उनले बताए । ‘धेरै विवरण आउन बाँकी छ,’ वडाध्यक्ष महरले लोकान्तरसँग भने, ‘घरहरू सग्लो छैनन् । उद्दारको लागि कुनै टोली अझै आएको छैन । घाइतेहरूलाई बोकेर पालिकास्तरका अस्पताल पुर्‍याउने प्रयासमा छौं । बाटो बन्द हुँदा गाडी पनि चलेका छैनन् । मृतकहरूको शव कुनुपर्ने हुँदा सबैलाई उद्दारमा वडाले खटाउन पनि सकेको छैन ।’ 

पशु चौपायाहरू पनि धेरै मरेको उनको भनाइ छ । ‘रातिमा सबै सुतिसकेपछि एक्कासि ठूलो धक्का आउँदा मानिसहरू बाहिर पनि निस्कन समेत पाएनन्,’ विस्तारामै आँखा मिच्दा मिच्दै सबै गर्ल्यामगुर्लुम भइसकेका थिए ।'

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव  ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।

भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२८ जनाको ज्यान गएको पुष्टि भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x