×

NMB BANK
NIC ASIA

विनाकाम राज्यकोष दोहन

काम न काजको विज्ञापन बोर्ड: दुई वर्षमा सवा २० करोड खर्च, भत्ता र इन्धनमै लाखौं स्वाहा !

काठमाडाैं | कात्तिक २४, २०८०

NTC
Premier Steels

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१ लाख ५४ हजार ६२४ रुपैयाँ खर्च गरेको छ । बोर्डले चालुतर्फ १९ करोड १५ लाख ८५ हजार १४८ र पूँजीगततर्फ १ करोड १५ लाख ६९ हजार ४७६ रुपैयाँ खर्च गरेको हो ।

Muktinath Bank

विज्ञापन बोर्डका सूचना अधिकारी दिनेश लुइँटेलले लोकान्तरलाई उपलब्ध  विवरणअनुसार बोर्डले आर्थिक वर्ष २०७८/०७९ मा ९ करोड ८३ लाख १९ हजार ५७६ रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १० करोड ४८ लाख ३५ हजार ४८ रुपैयाँ खर्च भएको उनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालुतर्फ आर्थिक वर्ष २०७८/०७९ मा मासिक ७६ लाख २३ हजार ६६१ रुपैयाँको दरले वार्षिक ९ करोड १४ लाख ८३ हजार ९३२ रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १० करोड १ लाख १ हजार २१६ रुपैयाँ गरी कुल १९ करोड १५ लाख ८५ हजार १४८ रुपैयाँ चालू खर्च भएको छ । 


Advertisment
Nabil box
Kumari

पूँजीगततर्फ औसत मासिक ५ लाख ६९ हजार ६३७ रुपैयाँको दरले ६८ लाख ३५  हजार ६४४ रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा मासिक ३ लाख ९४ हजार ४८६ रुपैयाँको दरले वार्षिक ४७ लाख ३३ हजार ८३२ रुपैयाँ गरी १ करोड १५ लाख ६९ हजार ४७६ रुपैयाँ पूँजीगततर्फ खर्च भएको छ ।

Vianet communication

मिडियाको हितमा कामै नगरी बोर्डका पदाधिकारीहरूले बैठक र भ्रमण भत्ता वापत लाखौँ रुपैयाँ बुझ्ने गरेका छन् । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ एउटा चार पाङ्ग्रे गाडी चढ्दै आएका छन् । बोर्डका लेखापाल अविन चोङ्गवाङ्गका अनुसार अध्यक्षले विशिष्ट श्रेणीका कर्मचारी (सचिव) सरह मासिक १२० लिटर इन्धनसमेत पाउने गरेका छन् ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँ ।

बोर्डमा कुल तीन वटा चार पाङ्ग्रे गाडी रहेकोमा एउटा अध्यक्ष हुमागाईँले, दोस्रो कार्यालय प्रमुखसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) निशान राज गौतमले र तेस्रो प्रशासकीय अधिकृत (उपसचिव ) अजय राजवंशीले चढिरहेको लेखापाल चोङ्गवाङ्गले बताए ।

चारपाङ्ग्रे गाडी नियमानुसार सहसचिव तथा सहसचिवभन्दा माथिकाले मात्र चढ्न पाउने नियम भए पनि नियमविपरीत बोर्डमा उपसचिवहरूले पनि चार पाङ्ग्रे गाडी चढिरहेका छन् । ती दुवै जनाले मासिक एक सय लिटर इन्धनसमेत पाउने गरेको उनले बताए । 

विज्ञापन बोर्डमा कुल २८ जना कर्मचारी रहेकोमा ८ जनाले मोटरसाइकल तथा स्कुटर चढ्ने गरेको चोङ्गवाङ्गले बताए । मासिक १० लिटर, मासिक ८ लिटरसम्म इन्धन ती कर्मचारीहरूलाई दिने गरिएको उनले बताए ।

त्यसैगरी बैठक भत्ता वापत प्रतिबैठक अध्यक्षले १५ प्रतिशत कर काटेर १५ सय रुपैयाँ र सदस्यहरूले १ हजार रुपैयाँको दरले पाउने गरेको लेखापाल चोङ्गवाङ्गले बताए । त्यसैगरी भ्रमण भत्ता वापत अध्यक्षले प्रतिदिन २ हजार ५ सय रुपैयाँ र सदस्यहरूले प्रतिदिन २ हजार रुपैयाँ पाउने गरेको उनले बताए ।

उनका अनुसार चालू खर्चअन्तर्गत कर्मचारीहरूको तलब भत्ता, महँगी भत्ता, बोर्डका अध्यक्षको तलब, अध्यक्ष, सदस्यतालगायत पदाधिकारी तथा कर्मचारीहरूको भ्रमण खर्च, बैठक भत्ता, कार्यालयको बिजुली, पानी, टेलिफोनलगायत खर्च हो । त्यसैगरी कार्यालयका लागि खरिद भएको फर्निचरदेखि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनसहित विभिन्न सामग्रीमा भएको खर्च पूँजीगततर्फ खर्च रहेको उनले बताए ।

null

बोर्डले उपलब्ध गराएको विवरणअनुसार अध्यक्ष हुमागाईँलाई दुई वर्षमा बैठक तथा भ्रमण भत्ता वापत मात्रै ५ लाख ११ हजार ५० रुपैयाँ बुझेका छन् । मासिक ७२ हजार ८२ रुपैयाँ तलबसमेत बुझ्ने हुमागाईँले दुई वर्षमा तलब मात्रै १७ लाख २९ हजार ९६८ रुपैयाँ बुझेका छन् । उनले तलब र बैठक भत्ता तथा भ्रमण भत्ता वापत गरी कुल २२ लाख ४१ हजार १८ रुपैयाँ बुझेका हुन् ।

त्यसैगरी अध्यक्ष तथा सदस्यहरूको भ्रमण भत्ता तथा बैठक भत्तामा मात्रै दुई वर्षमा १९ लाख १५ हजार ७८८ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ७ लाख ६४ हजार ५ रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा ११ लाख ५१ हजार ७८३ रुपैयाँ भत्ता वापत बुझेका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ मा सदस्यहरू प्रेमकुमार श्रेष्ठले ८३ हजार २८०, विनोदप्रकाश सिंहले ८५ हजार, फणिन्द्रमणि पोखरेलले ५१ हजार, अनिलकुमार दत्तले ८ हजार ५ सय, बलराम थापाले १ लाख ५८ हजार ३५०, बन्दना दनुवारले ८९ हजार ९७५ र चेतनाथ अधिकारीले ६७ हजार ८ सय रुपैयाँ भत्ता बुझेका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा सदस्यहरू प्रेमकुमार श्रेष्ठले ५७ हजार १८, जितेन्द्र बस्नेतले १ लाख ५३ हजार, लिलाप्रसाद शर्माले १ लाख ५३ हजार, पवन अधिकारीले १ लाख २९ हजार १५ रुपैयाँ बुझेका छन् । यस्तै, नेत्रप्रसाद सुवेदीले २७ हजार २००, बन्दना दनुवारले १ लाख १२ हजार ४२५, चेतनाथ अधिकारीले १ लाख ५३ हजार २५०, बलराम थापाले १ लाख ५६ हजार ५०, गौरव गिरीले ७३ हजार १ सय र फणिन्द्रमणि पोखरेलले ३० हजार ६ सय रुपैयाँ भत्ता बुझेका छन् ।

त्यसबाहेक विज्ञापन बोर्डले विभिन्न प्रदेशमा अन्तरक्रियामा मात्रै दुई वर्षमा २७ लाख ९९ हजार ७०५ रुपैयाँ खर्च गरेको छ । बोर्डले विराटनगरमा ४ लाख ९६ हजार ३६२, बुटवलमा ४ लाख ४४ हजार २ सय, पोखरामा ४ लाख ५० हजार १९९ रुपैयाँ अन्तरक्रियामा खर्च गरेको छ ।

त्यसैगरी सुर्खेतमा ४ लाख ५७०, धनगढीमा ३ लाख १७ हजार १३०, जनकपुरमा ३ लाख ५९ हजार २२० र हेटौडामा ३ लाख  ३२ हजार २५ रुपैयाँ अन्तरक्रियामा खर्च गरेको छ ।

लेखापाल चोङ्गवाङ्गका अनुसार बोर्डका विभिन्न ऐन, नियम तथा प्रवाह हुने सेवाका विषयमा प्रदेशका सञ्चारकर्मीहरूलाई अभिमुखीकरण गराउन सातै प्रदेशमा भएको अन्तरक्रियामा उक्त रकम खर्च भएको हो ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले विज्ञापनको नियमनसम्बन्धी काम गर्न विज्ञापन बोर्ड गठन गरिएको हो । विज्ञापन बोर्डको मुख्य काम विज्ञापन एजेन्सी सूचीकरण, नवीकरण, लोककल्याणकारी विज्ञापन प्रकाशन र प्रसारण तथा सरकारी विज्ञापन प्रकाशन र प्रसारण गर्ने हो । तर, बोर्डले यी कुनैमा प्रभावकारी काम गर्न सकेको छैन । बरु राज्यकोषबाट वार्षिक करोडौं रुपैयाँ मात्रै खर्च गर्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x