×

NMB BANK
NIC ASIA

दृढ संकल्प र मेहनतको फल

सामान्य परिवारका दिदीभाइ सोफिया र सन्देशः जसले एकसाथ निकाले एमबीबीएसको सरकारी छात्रवृत्तिमा नाम

बुटवल | कात्तिक २५, २०८०

NTC
Premier Steels

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश चुदालीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

Muktinath Bank

उनीहरूले स्नातक तहतर्फ मेडिकल साइन्सअन्तर्गत एमबीबीएसमा नाम निकालेका हुन् । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा खुला प्रतिस्पर्धाबाट दिदीभाइले नै ‘फुल स्कलरसीप’मा नाम निकाल्न सफल भएसँगै अहिले गुल्मीसँगै सिंगो लुम्बिनी प्रदेशमा उनीहरूको चुलिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

गुल्मी दरबार– ४ का वडाध्यक्ष देवीराम पोखरेलले एमबीबीएसको खुला प्रतिस्पर्धाबाट दिदीभाइले नै नाम निकाल्नु पालिकाकै लागि गौरवको विषय भएको बताए । 

Vianet communication

२०० पूर्णाङ्कको परीक्षामा १९ वर्षीया सोफियाले १४९.५ स्कोर ल्याएकी छिन् । १८ वर्षका सन्देश २०५ र्‍याङ्कमा १४९.२५ स्कोरसहित २११ नम्बरमा छन् ।

पूर्ण छात्रावृत्ति पाउने विद्यार्थी २५० जना हुने गरेका छन् । देशभरबाट मेडिकल साइन्समा नेपालमा ३०० जनाको सीमित कोटा हुन्छ । सरकारी कोटामा नाम निकालेपछि आफूहरूलाई अब उच्च शिक्षा पढ्दा थप मेहनत गर्ने ऊर्जा मिलेको सोफिया र सन्देशले बताए । यो परीक्षा काठमाडौंमा यही कात्तिक १९ गते भएको थियो । प्रतिस्पर्धामा देशभरबाट १८ हजार विद्यार्थीले भाग लिएका थिए ।

null

सोफिया र सन्देश दाजु–भाइका छोराछोरी हुन् । दाजु भूमिश्वर चुदालीकी छोरी हुन् सोफिया । यस्तै सन्देश भाइ हरि चुदालीका छोरा हुन् । सहोदर दाजुभाइ भूमिश्वर र हरि गाउँकै सामुदायिक विद्यालयका माध्यामिक तह पढाउने शिक्षक हुन् । भूमिश्वर रुखादह माविमा पढाउँछन् भने हरि पनि आदर्श मावि, दिगामका नेपाली शिक्षक हुन् । सोफियाका एक दाजु सागर आईटी इन्जिनियर हुन् भने दिदी पनि बीबीएस पढ्दै छिन् । 

भूमिश्वर र हरिलाई छोराछोरीको प्राप्त गरेको उपलब्धि अनपेक्षित तर हौसलाजनक लागेको छ । 

शहरमा हुर्के–बढेर महंगा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीले मात्रै चिकित्सा शिक्षामा नाम निकाल्न सक्छन् भन्ने आम बुझाइ छ । तर गाउँमै हुर्के–बढेका सामान्य परिवारका दिदीभाइले नाम निकालेर गलत सावित गरिदिएका छन् । 

‘हामीजस्ता गाउँका सामान्य शिक्षकले छोराछोरीलाई करोडभन्दा बढी खर्च गरेर पढाउने अवस्था थिएन । उनीहरू आफैँ समक्ष भएर अब्बल दरिएपछि हाम्रो चाहना पूरा पनि भयो,’ सोफियाका बुवा भूमिश्वर भन्छन्, ‘अब हामी उनीहरूको चाहनाअनुसार अघि बढ्ने सोचमा छौं ।’ 

साेफियाले गाउँकै ग्रीनवर्ड इङ्लिस बोर्डिङ स्कूलबाट विसं २०७७ मा ३.९५ जीपीएसहित एसईई उत्तीर्ण गरेकी हुन् । एसईई उत्तीर्णपछि उनी अध्ययनका लागि काठमाडौं छिरिन् । उनले विज्ञान विषय लिएर काठमाडौंको केएमसी प्लस टू गरेकी हुन् । ३.६५ सहित उत्तीर्ण भएपछि सोफिया अनलाइनको तयारीमा जुटिन् । उनी भन्छिन्, ‘चार महिना अनलाइन प्रिपरेसन गरेँ । मेहनतसाथ पढेपछि नाम निस्कियो । म अहिले खुसी छु ।’ मैले के अध्ययन गर्न तयारी गर्दैछु भन्ने कुरा शुरूमा आफूलाई   महसुस हुनुपर्ने सोफियाको बुझाइ छ । यद्यपि, अब कुन क्षेत्रको डाक्टर बन्ने भन्ने अहिलेसम्म आफूले सोचिनसकेको उनी बताउँछिन् ।

null 

यस्तै सन्देशले रूपन्देहीको तिलोत्तमास्थित एपेक्स स्कूलबाट विसं २०७८ (कोरोना महामारीकाल) ४ जीपीएसहित एसईई उत्तीर्ण गरे । उनले प्लस टू बुटवलकै मणिमुकुन्द कलेजबाट ३.६५ जीपीए ल्याएर उत्तीर्ण गरे । तीन काठमाडौं गएर ३ महिना एमबीबीएसको तयारी गरे । जसका लागि उनले छुट्टै तयारी क्लास लिए । यसपछि नाम निकाल्न सफल भए । सन्देश भन्छन्, ‘अब डाक्टर बनेर देशको सेवा गर्ने हो । साँच्चिकै विपन्न र गरिबहरूको डाक्टर बनेर सेवा गर्ने मन छ ।’ 

दुढ इच्छा, उचित लक्ष्य र कडा मेहनत गरेर पढेमा जति कडा विषयमा पनि नाम निकाल्न सकिने सन्देशको बुझाइ छ । एमबीबीएस साढे ५ वर्षको पढाइ हुने हुँदा यसमा मेहनत चाहिने गरेको छ । त्यसो त सन्देशले दिनमा यति नै घण्टा पढ्छु भनेर खासै रुटिङ पनि बनाएनन् । कहिले ३–४ घण्टा त कहिले अझै लामो समय किताब पढेको अनुभव भने उनीसँग छ । हुन्छ । 

एमबीबीएसको छात्रवृत्तिमा नाम निकाल्न पनि कडा मेहनत चाहिन्छ । यसको परीक्षामा सहभागी भएर असफल भएका विद्यार्थीले अर्कोपटकको परीक्षाका लागि पनि तयारी गर्छन् भने कतिपय अन्य विषय पढ्नतिर लाग्ने गरेको सोफिया सुनाउँछिन् । सोफियाले गत वर्ष शुल्क तिरेर पढ्न पाउने कोटामा नाम निकालेकी थिइन् । तर, उनले त्यसमा चित्त बुझाइनन् । छात्रवृत्तिमा नाम निकाल्ने दृढताका साथ एक वर्ष फेरि पढिन् । यसपछि नाम निकाल्न सफल भएकी हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x