×

NMB BANK
NIC ASIA

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना

काठमाडाैं | माघ २५, २०८०

NTC
Premier Steels

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।

Muktinath Bank

सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार रूपिया हस्तान्तरण गरेर 'राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष' शुभारम्भ गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैँक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने जानकारी क्याम्पसले दिएको छ ।


Advertisment
Nabil box
Kumari

अक्षय कोषको आकार एक करोड रूपिया पुर्याउने तत्कालीन लक्ष्य राखिएको कुरा क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले बताए ।

Vianet communication

'अक्षय कोषलाई १० करोड रूपिँयाको बनाएर यो क्याम्पसमा अध्ययन गर्ने सबै छात्र-छात्रालाई निशुल्क शिक्षा दिने हाम्रो सपना हो,' प्राध्यापक गजुरेलले भने ।

डा. अहिराजको योगदानबाट प्रभावित भएर क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले 'राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष' मा ५१ हजार रूपिया थप गर्ने घोषणा तत्काल गरेका थिए ।

अक्षय कोषमा रूपनगर निवासी राम प्रसाद खतिवडाले २१ हजार एक सय ११ रूपिया, प्रमीला खतिवडाले ११ हजार एक सय ११ रूपिया र दुवलक्ष्मी श्रेष्ठले १० हजार रुपैयाँ योगदान गरे ।

विशिष्ठ अतिथिको आसनबाट समारोहलाई सम्बोधन गर्दै डा. अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भनेर यो क्याम्पस रोजेको बताए ।

'मृत्युपछिको जीवन समेतलाई सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनु पर्छ,' उनले भने ।

उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायाधीश डा. रत्न बहादुर बागचन्दले यो छात्रवृत्तिबाट विद्यार्थीहरू प्रोत्तसाहित हुने आशा व्यक्त गरे ।

'शिक्षा गुणस्तरीय नभएसम्म समाजले उन्नती गर्न सक्दैन,' डा. बागचन्दले भने, 'हामी सबैले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता छ ।'

कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले विद्यार्थीहरूलाई आफूले र नगरपालिकाका तर्फबाट हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानाध्यापक शम्भुप्रसाद धिमिरेले शिक्षाप्रति सरकारको व्यवहारले हाम्रो शिक्षाको स्तर कमजोर भएकोमा खिन्नता व्यक्त गरे ।

राष्ट्र निर्माताका नाममा छात्रवृत्ति कोष स्थापना भएकोमा खुशी व्यक्त गर्दै क्याम्पसका अध्यक्ष गिरीराज संग्रौलाले शिक्षामा आफूले गरेको सानो योगदान सार्थक भएको बताए । अध्यक्ष संग्रौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन तुलसीमा जल अर्पण गरी गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x