×

NMB BANK
NIC ASIA

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

काठमाडाैं | माघ ४, २०८०

NTC
Premier Steels

काठमाडौं/स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि  पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ ।

Muktinath Bank

यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारीसहित ई-पालिका एपमा उपलब्ध हुनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निन्जा इन्फोसिसले निर्माण गरेको ई-पालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो ।


Advertisment
Nabil box
Kumari

यसका लागि निन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सह-संस्थापक राज विक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ई-पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकाबासीहरूले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्था गरिएको छ ।

Vianet communication

‘पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीय क्षेत्रहरूलाई गल्ली म्यापमार्फत हामीले पहिचान दिन खोजेका हौं, पालिकाभित्र कहाँ छ के छ, कुन बाटो हुँदै त्यहाँ पुग्ने भन्ने खालका जानकारी डिजिटल ई-पालिका एपबाट थाहा पाउन सकिन्छ,’ ई-पालिकाका क्षेत्रीले भने, ‘यो हरेक पालिकाले उपयोग गर्नुपर्ने एप हो र यसबाट पालिकाहरूले आफ्नो क्षेत्रलाई पहिचान दिन र चिनाउन सक्छन् ।’

नेपाली कम्पनीले नेपाली भाषामै स्पष्ट बुझिनेगरी बनाएको सो एप्लिकेसनलाई सम्बन्धित पालिकाको सहयोगीको भूमिका निर्वाह गर्नेगरी तयार पारिएको उनले बताए । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि यो एप सजिलै र नि:शुल्क प्रयोग गर्ने गरी उपलब्ध रहेको निन्जा इन्फोसिसले जानकारी दिएको छ ।

त्यस्तै, गल्ली म्याप्सका सीईओ महर्जनले नेपालमा डिजिटल प्लाटफर्ममा इन्नोभेटिभ सोच र आत्मनिर्भरता बढाउने दुई स्टार्टअप कम्पनीबीचको साझेदारीमा खुशी व्यक्त्त गरे ।

‘नागरिकका रूपमा धेरैलाई आफ्नो पालिकाले दिने सेवा र त्यसका प्रक्रियाबारे जानकारी हुँदैन, त्यस्तो सेवा डिजिटल रूपमै प्रदान गर्न मिल्ने प्लाटफर्म अत्यावश्यक रहेको सोचेर हामीले साझेदारी गरेका हौं,’ उनले भने, ‘गुगल म्यापमा सहजै उपलब्ध नहुने हाम्रा सांस्कृतिक सम्पदा, स्थानीय निकायका कार्यालय, सार्वजनिक संरचनासमेत गल्ली-गल्लीको जानकारी दिएर प्रयोगकर्तालाई सजिलो बनाउन सकियोस् भनेर गल्ली म्याप शुरु गरिएको थियो । दुई कम्पनीको उदेश्य सार्वजनिक सेवाको स्थानीयकरणमा मिल्न गएकोले सहकार्य सम्भव भयो ।’

नेपालमा स्टार्टअपहरूबीच कमै मात्र सहकार्य हुने गरेकोमा गल्ली म्याप्स र डिजिटल ई-पालिकाको साझेदारी उदहारणीय भएको कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जिवि अधिकारीको बुझाइ छ ।

साझेदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा उपस्थित अधिकारीले स्टार्टअपहरूबीचको सहकार्यले प्लाटफर्म र रिसोर्स सेयरिङ सम्भव हुने र त्यसले लागत कटौतीमा सघाउने बताए ।

‘नेपालमा स्टार्टअपको संस्कृति, यस्ता कम्पनीको गतिविधि र आइडिया शेयरिङ गर्न यस्ता सहकार्य महत्वपूर्ण हुन्छन्,’ उनले भने, ‘रिसोर्सहरूको दोहोरोपन रोक्न शेयरिङ गर्ने माहोल बनाउँदा हाम्रो स्टार्टअप ईकोसिस्टम अझै स्वस्थ र परिष्कृत हुँदै जान्छ भन्ने क्यान महासंघको  बुझाइ छ ।’

डिजिटल ई-पालिका

नेपालमा २०७४ सालदेखि डिजिटल ई-पालिका मोबाइल एप्लिकेसन शुरू भएको थियो । सरकारको डिजिटल नेपाल अभियानलाई अझै सबल बनाउने उद्देश्यले निर्मित सो एपले सबै पालिकाहरूलाई पुर्ण रूपमा डिजिटल सेवा प्रवाह गर्न सघाउने आफ्नो विश्वास रहेको पनि क्षेत्रीको धारणा छ ।

‘डिजिटल पालिका अभियान' मार्फत आफूहरूले डिजिटल नागरिक बडापत्रसँगै दर्ता चलानी प्रणाली, कार्य व्यवस्थापन प्रणाली, गुनासो व्यवस्थापन प्रणालीबाट प्रवाह हुने सेवाहरू पनि डिजिटल रूपमै कार्यसम्पादन हुनसक्ने व्यवस्था मिलाएको उनले बताए ।

गल्ली म्याप्स

यो नेपालको स्थानीय मोबाइल म्याप एप हो । गुगल वा एप्पल म्यापहरूमा नदेखिने साँघुरा गल्लीदेखि कतिपय वडाहरूका  सम्पूर्ण घर नम्बर यसमा म्यापिङ गरिएको छ ।

विशेषगरी अनलाइन डेलिभरी तथा राइड शेयरिङ सेवामा यो एप बढी प्रभावकारी हुने गल्ली म्याप्सका महर्जन बताउँछन् । विदेशी कम्पनीले बनाएको म्यापमाथिको निर्भरता हटाउनुका साथै नेपाली कम्पनीहरूले विदेशी म्याप एप प्रयोग गरेबापत विदेशिने ठूलो रकम जोगाउने उदेश्यले यो एप विकास गरिएको उनको भनाइ छ ।

सन् २०२० मा शुरु भएको यो स्टार्टअपले २०२२ मा आईसीटी अवार्ड जितेको थियो । गल्ली म्याप्समा नेपालभरीकै नक्सा समावेश भएको छ ।

तथापी, हाल काठमाडौं र ललितपुर महानगरपालिकासँगै कीतिपूर, चाँगुनारायण, कागेश्वरी र बनेपा नगरपालिकाको भने हाउस नम्बरसमेत उपलब्ध छ । एपबाट प्रयोगकर्ताले आफ्नो घर नम्बर पिन गरेर अरूलाई लोकेसन लिंक शेयर गर्न सक्छन् । रिङ्ग रोडभित्रका धेरै ठाउँहरू ३६० डिग्रीमा पनि हेर्न सकिन्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x