×

NMB BANK
NIC ASIA

बुद्धभूमिबाट शान्ति र करुणाको सन्देश दिने प्रयास

लुम्बिनीमा नोबेल पुरस्कार विजेताको कुम्भमेलाः राजकुमारदेखि पूर्वप्रथम महिलासम्मको जमघट

कम्तीमा ९ जना नोबेल विजेता र २०० भन्दा बढी विकास साझेदार सहभागी हुने

बुटवल | माघ २७, २०८०

NTC
Premier Steels

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेको हो । विश्वका ‘अब्बल’ साहित्यकारहरू शान्तिभूमि लुम्बिनीमा फागुनको अन्तिम साता जमघट हुने भएका हुन् । जहाँ चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एण्ड, लिडर्स शिखर सम्मेलन’ हुन लागेको छ । यसको आयोजना लुम्बिनी प्रदेश सरकारले गरेको हो । सम्मेलन फागुन २७ देखि २९ गतेसम्म ३ दिन सञ्चालन हुनेछ ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनमा साहित्यिक लेखन र अनुसन्धानमा गहिरो गरी निखारिएका विश्वका विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेताको सहभागिता हुने निश्चित भइसकेको छ । अन्य ४ जनाको आगमन भने ‘कन्र्फमेसन’को प्रक्रियामा छ । 


Advertisment
Nabil box
Kumari

सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार लुम्बिनीमा सहभागी हुने निश्चित भइसकेको छ । लुम्बिनी मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अगुवाइमा सम्मेलनको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएका छन् । 
सम्मेलनमा सहभागी हुनेमा अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ९ जना रहेका छन् । भारतका सत्यार्थीले नेपालको सम्मेलनको अन्तर्राष्ट्रिय रूपमा संयोजन गरिरहेका छन् ।

Vianet communication

बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । ‘बालबालिको क्षेत्रमा शान्ति सद्भाव र करुणाको सन्देश र लुम्बिनी विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले लरिएट्स एण्ड लिर्ड शिखर सम्मेलन गर्दैछ,’ गृहमन्त्री सन्तोषकुमार पाण्डेयले भने । 

null

सम्मेलनमा सहभागीमध्ये नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान छन् । त्यस्तैगरी स्न २०१५ का नाबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउनेछन् । 

त्यस्तैगरी शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको लुम्बिनी सरकारका मुख्यमन्त्री कार्यालयका सचिव एंव सम्मेलनका संयोजक सुमन घिमिरेले लोकान्तरलाई बताए । उनीहरू साहित्य, शान्ति, भौतिक, रसायन, क्रियाविज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेखनीय योगदान पुयाएका व्यक्तिहरू हुन् । संयोजक घिमिरेका अनुसार सम्मेलनमा बालविवाह न्यूनीकरण, हिंसा, बालश्रम रोक्ने विषमा गम्भीर बहस तथा छलफल हुनेछ । त्यस्तै सम्मेलनले लुम्बिनीको विकासमा विश्वको ध्यानसमेत केन्द्रित गर्ने विश्वास रहेको आयोजकले जनाए ।

बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिइने 
सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेतासहित बालबालिका शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवालाहरूको पनि सहभागिता हुनेछ । 

सम्मेलनले बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकास लागि विश्वजगतको ध्यानाकर्षण वृद्धि गर्ने प्रदेश सरकारको विश्वास छ । विश्वभर लुम्बिनी क्षेत्रको महत्व दर्शाउने र पर्यटन प्रवद्र्धन एवं विकास साझेदार भित्र्याउने पनि सम्मेलनको प्रमुख उद्देश्य रहेको मुख्यमन्त्री चौधरीले बताए । ‘सरकारले लुम्बिनीमा शिखर सम्मेलन गरेर विश्वभरका बालबालिकालाई प्राथमिकता र संरक्षणका लागि गौतम बुद्धका संकल्पको विश्वव्यापीकरण गर्ने र आवश्यक नीति र हस्तक्षेप गर्ने उद्देश्य राखेको छ,’ उनले भने, ‘लुम्बिनी विश्वले मान्ने र बौद्ध धर्मालम्बीहरूको प्रमुख तीर्थाटन पनि हो । शान्ति र करुणाको सन्देश सांसरभर फैलाउँदै ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक यस्तो स्थल विश्वमा कही छैन । संसारले चिन्ने पवित्र भूमिलाई प्रचार र पहिचान गर्न सक्नुपर्छ । लुम्बिनीको विश्व समुदायमा ‘ब्रान्डिङ’ गर्न सक्यो भने, हाम्रो मुलुकको  आर्थिक विकासमा अरू केही गर्नैपर्दैन ।’ 

लगानीका लागि विकासका साझेदारहरू लुम्बिनी खोज्दै आउने वातावरण तयार हुने आफूहरूले विश्वास लिएको मुख्यमन्त्री चौधरीले बताए । ‘सम्मेलनपछि लुम्बिनी नयाँ बाटो र गतिका साथ अगाडि बढने अपेक्षा छ ।  नेपालको आर्थिक विकास र लुम्बिनीको पर्यटन क्षेत्रमा पनि यो सम्मेलनले दीर्घकालीन योगदान पुर्यााउने छ,’ उनले थपे, ‘भविष्यमा नेपालमा लगानीको वातावरण तयार गर्न पनि सम्मेलनले विश्वलाई ढोका खोल्नेछ । लुम्बिनीबाट शान्ति र करुणाको सन्देश दिने स्थलका रूपमा पनि प्रचार हुनेछ ।’

उद्घाटनमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म 
सम्मेलनका लागि सरकारले ६ करोड ५० लाख रूपैयाँ बजेट छुट्याएको छ । उद्घाटन सत्रमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शीर्ष दलका नेताहरू पनि सहभागी हुने मुख्यमन्त्री कार्यालयका प्रवक्ता नीराजन घिमिरेले जानकारी दिए । सम्मेलनलाई सफल बनाउन संघीय सरकारबाट पराराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । त्यस्तैगरी कार्यक्रमका लागि लुम्बिनी विकास कोषसँग पनि सहकार्य गरिएको छ । लुम्बिनीस्थित ५ हजार क्षमताको ठूलो सभाहलमा सम्मेलनको उद्घाटन हुनेछ ।  

सम्मेलनमा सहभागी अतिथिहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पा, तिलौराकोट, र अर्घाखाँचीसम्म लैजाने तयारी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । साथै उनीहरूका लागि विशेष सुरक्षा व्यवस्था पनि गरिएको छ । कार्यक्रममा इभेन्ट म्यानेजमेन्टको लागि प्रदेश युवा परिषद्ले काम गरिरहेको छ । सम्मेलनमा बालबालिकाले तयार पारेका वृतचित्र र ललितकला सामग्री प्रदर्शन गरिने छ । साथै ट्राफिकिङ चाइल्ड राइट, वातावरण प्रदुषण र साइबर अपराधका विषयमा बालअधिकार र शान्तिसँग जोडेर छलफल हुने बताइएको छ । लुम्बिनीका सबै मन्त्रालय अहिले यसैमा ध्यानकेन्द्रित गरेर जुटिरहेको प्रवक्ता घिमिरेले बताए । 

लुम्बिनीमा विश्वका बौद्ध धर्मालम्बीहरू कम्तीमा एकपटक दर्शन गर्न यो सम्मेलनले सहयोग पुर्याउने सरोकारहरूको विश्वास छ । जसले गर्दा नेपालको पर्यटन विकास पनि ठूलो योगदान पुग्ने अपेक्ष लिइएको प्रदेश सरकारको भनाइ छ ।

२० लाख बाह्य पर्यटक पुर्याउने लक्ष्य 
लुम्बिनी अहिले आन्तरिक र बाह्य गरी वार्षिक १० लाख पर्यटक भित्रिने गरेका छन् । कम्तीमा पनि वार्षिक २० लाखको हाराहारीमा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको आयोजकको दाबी छ । कार्यक्रमलाई लक्षित गरी लुम्बिनीमा सरसफाइ कार्यक्रम शुरू भएको छ । लुम्बिनी क्षेत्रका सबै ठाउँ सुफासुग्घर गरिने आयोजकको भनाइ छ । कार्यक्रमको महत्वले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरू पनि उत्साहित रहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

अतिथिहरूलाई भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुुम्बिनी लैजाने कार्यक्रम राखिएको छ । नोबेल शान्ति पुरस्कार देशहरूबीच भाइचारा प्रवद्र्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन शान्ति भेला गर्ने वा त्यसलाई प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रदान गरिन्छ । यो पुरस्कारलाई निकै प्रतिष्ठित मानिन्छ । यसैले यसका विजेताहरू आफ्नो क्षेत्रमा आउन लागेकोमा लुम्बिनीबासी उत्साहित बनेका छन् ।

संघीय सरकारले लुम्बिनीको प्रचार गर्न नसकिरहेको बेला प्रदेश सरकारले विश्वस्तरको सम्मेलन आयोजना गरेको भन्दै स्थानीय खुसी देखिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x