×

NMB BANK
NIC ASIA

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा ७ प्रतिस्पर्धी, छनोट गर्न २ समिति गठन

बुटवल | बैशाख ६, २०८१

NTC
Premier Steels

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा ७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । २०८० चैत १ गतेबाट रिक्त पदमा खुला प्रतिस्पर्धाबाट छनोट गर्न दरखास्त आह्वान गरिएको थियो । पेस भएका ९ वटा आवेदनमध्ये ७ वटाको अन्तिम मूल्याङ्कन हुने विश्वविद्यालयको उपकुलपति कार्यालयले जनाएको छ ।

Muktinath Bank

लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा उपकुलपतिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्रीले रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति गर्दा खुला प्रतिस्पर्धाबाट गर्ने बताउँदै आएका छन् ।


Advertisment
Nabil box
Kumari

अन्य विश्वविद्यालयमा पनि खुला रुपमा दरखास्त आह्वान गरी पदाधिकारी नियुक्तिको अभ्यास थालिएको छ ।

Vianet communication

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले पनि सोही प्रक्रिया पछ्याउँदै रजिस्ट्रार सिफारिसका लागि खुला रुपमा दरखास्त आह्वान गरेका थिए । विश्वविद्यालय ऐनले रजिस्ट्रार सिफारिस गर्ने एकल अधिकार उपकुलपतिलाई दिएको छ ।​

रजिस्ट्रार छनोटको मापदण्ड निर्माण तथा दरखास्त आह्वानका लागि उपकुलपति बज्राचार्यको नेतृत्वमा मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. हरिशरण चखुँ र अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिले मापदण्ड पुगेका ७ जनाको नाम मूल्याङ्कनका लागि छनोट गरेको छ ।

दरखास्तका लागि प्रकाशित सूचनामा रजिस्ट्रार पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण, पाँच वर्ष प्राज्ञिक संस्थाको नेतृत्व गरेको अनुभव र सहप्राध्यापक वा सोभन्दा माथिको पदीय हैसियतलाई न्यूनतम मापदण्ड तथा बौद्ध अध्ययन गरेकालाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ ।

कार्यअनुभवमा क्याम्पस प्रमुख, केन्द्रीय विभाग प्रमुख, सहायक डीन, डीन वा सोभन्दा माथिल्लो पदमा विभिन्न समयमा गरी कम्तीमा ५ वर्ष कार्य गरेकाले आवेदन दिन सक्ने व्यवस्था राखिएको उपकुलपति कार्यालयले जनाएको छ । दरखास्तसहित उम्मेदवारहरूले विश्वविद्यालयको कार्ययोजना र दीर्घकालीन योजना पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

उपकुलपति बज्राचार्यले पहिलो चरणको दरखास्तको मूल्यांकनबाट ७ जनाको नाम छनोट भएको जानकारी दिए ।

उनीहरूको प्रस्तुतीकरण, योजनाको मूल्यांकन तथा अन्तर्वार्ताका लागि शिक्षा क्षेत्रमा ख्याति प्राप्त विज्ञहरू सम्मिलित तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ । सो समितिले आवेदनको अन्तिम मूल्यांकन गरी प्राप्ताङ्क उपकुलपतिलाई प्रदान गर्नेछ ।​​

रजिस्ट्रारका लागि दरखास्त दिएकामध्ये बर्दघाट नवलपरासीका डा घनश्याम न्यौपाने, तनहुँका प्राडा काजिराम अधिकारी, ललितपुरका डा गणेशप्रसाद घिमिरे, अर्घाखाँचीका प्राडा लालमणि पाण्डे, इलामका प्राडा नरेन्द्र कटुवाल, चितवनका इन्द्रप्रसाद काफ्ले र अर्घाखाँचीका डा तिलकराम आचार्यको आवेदन स्वीकृत भएको छ ।

काठमाडौंका डा गजेन्द्रबहादुर सिंह र कपिलवस्तुका मेघराज आचार्यको आवेदन भने मापदण्डभित्र नपरेको उपकुलपति कार्यालयले जनाएको छ ।

उम्मेदवारहरूको २०८१ वैशाख ८ गते अन्तिम मूल्यांकनका लागि प्रस्तुतीकरण हुने उपकुलपति बज्राचार्यले जानकारी दिए ।

मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने उम्मेदवारलाई रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गरिने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x