×

NMB BANK
NIC ASIA

भारत सरकारको सहयोगमा दार्चुलामा बन्ने विद्यालय भवनको शिलान्यास​​​

काठमाडाैं | बैशाख ७, २०८१

NTC
Premier Steels

दार्चुलाको व्याँसमा बन्ने हिमालय माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।

Muktinath Bank

गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शुक्रवार संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् । उक्त भवन निर्माणका लागि भारत सरकारले २.८२ करोड नेपाली रुपैयाँ  उपलब्ध गराउने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत आवश्यक पर्ने अन्य सुविधासँगै दुई तले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा गरिने दूतावासले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत ३.३७ करोड नेपाली रुपैयाँमा बनेको जनविकास माध्यमिक विद्यालयको नयाँ भवनको उद्‌घाटन गरिएको छ ।

Vianet communication

दुहु गाउँपालिकामा बनेको भवनको गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव सोनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

null

दुई देशका सरकारबीच भएको सम्झौताअनुसार यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो ।

कार्यक्रममा बोल्दै दुवै गाउँपालिकाका अध्यक्षहरूले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

नेपाल र भारतबीच बहुक्षेत्रीय सहकार्य हुँदै आएको छ ।

भारत सरकारको सहयोगमा बन्ने परियोजनाले नेपाली जनताको समुन्नतिमा मद्दत पुग्ने दूतावासको विश्वास छ ।

नेपाली शैक्षिक पूर्वाधारको विस्तारमा हातेमालो गर्न भारत सदैव तयार रहेको पनि दूतावासले जनाएको छ ।

null

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । साथै ४८९ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना छन् । जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स उपलब्ध गराएको छ ।

यसका साथै ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकिएको छ ।

जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कूल बस प्रदान गरिएको दूतावासले जनाएको  छ । त्यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कूल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको थियो ।

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x