मंसिर २४, २०८०
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
सुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन् । महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित चौथो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वर्ण पदकबाट विभूषित गरेका हुन् ।
दीक्षान्त समारोहमा दीक्षित तीन सय ७६ बढी विद्यार्थीहरूमध्ये नौ जनाले स्वर्ण पदक, एक जनाले चान्सलर पदक र एक जनाले भाइस चान्सलर पदक प्राप्त गरे । विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन सङ्कायबाट स्नाकोत्तर हेमन्त भट्टले चान्सलर पदक प्राप्त गरेका छन् । इञ्जिनियरिङ सङ्कायमा स्नातक नवीनप्रसाद जोशीले भाइस चान्सलर पदक प्राप्त गरे ।
केन्द्रीय क्याम्पसका नीराकुमारी जोशी, गणेशदत्त शर्मा, हेमन्त भट्ट, हरिशप्रसाद अवस्थी, अभिषेक नेगी, सुनील थापा, नवीनप्रसाद जोशी र टीकापुर बहुमुखी क्याम्पसका विरेन्द्र चौधरी र टार्जन भण्डारीले स्वर्ण पदक प्राप्त गरे ।
दीक्षान्त समारोहमा इञ्जिनियरिङ सङ्कायका १७ जना, विज्ञान तथा प्रविधि सङ्कायका २२ जना, व्यवस्थापन सङ्कायका एक सय ३९ जना, मानविकी सङ्कायका ६८ जना, शिक्षा शास्त्रका एक सय जना र कृषि विज्ञान सङ्कायका ३० जना गरी तीन सय ७६ जना विद्यार्थी दीक्षित भए ।
विसं २०६८ मा स्थापना भएको विश्वविद्यालयले विसं २०७१ देखि शैक्षिक कार्यक्रमअघि बढाएको थियो । विश्वविद्यालयको केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पसमा २३ हजार तीन सय ९९ विद्यार्थी अध्ययनरत छन ।
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...