बैशाख १३, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
काठमाडाैं | बैशाख १३, २०८१
पूर्वउपप्रधानमन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीवार रायमाझीलगायत ७ जनाको सवालमा उच्च अदालत पाटनको आदेश सदर गर्दै कानूनबमोजिम गर्न आदेश गरेको हो ।
प्रतिवादीहरू रायमाझी, पाण्डे, डा इन्द्रजीत राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्माको हकमा २०८० मंसिर ५ मा गरेको आदेशलाई नै सदर गरिएको छ ।
यस्तै प्रतिवादी आङ्टावा शेर्पालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेशलाई बदर गर्दै सर्वोच्चले ३० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
अर्का प्रतिवादी गोविन्द चौधरीबाट १० लाख रुपैयाँ धरौटी माग गरिएको छ । उनी पनि पुर्पक्षका लागि थुनामा थिए । त्यसैगरी शमशेर मियासँग १० लाख रुपैयाँँ धरौटी लिएको उच्चको आदेशलाई समेत बदर गर्दै साधारण तारेखमा रिहा गर्न सर्वोच्चले आदेश गरेको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणमा नेकपा (एमाले)का नेतासमेत रहेका रायमाझी २०८० वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठस्थित पासिकोटबाट पक्राउ परेका थिए ।
जिल्ला अदालत काठमाडौंले २०८० असार १ गते पूर्वममन्त्री बालकृष्ण खाँण र रायमाझी, सचिव पाण्डेसहितका १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
सात महिना जेल बसेपछि खाँण पाटन उच्च अदालतको आदेशमा गत मंसिर २९ गते ३० लाख धरौटीमा थुनामुक्त भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...