मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
काठमाडाैं | बैशाख १६, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले इलाम र बझाङमा शान्तिपूर्ण र उत्साहजनकरूपमा उपनिर्र्वाचन सम्पन्न भएको जनाएको छ ।
शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा १ मा शान्तिपूर्ण र उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको जनाएको हो ।
आयोगले उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका खेल्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचमा सङ्लग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, पर्यवेक्षक, उम्मेदवारलगायत सबै क्षेत्र र समुदायप्रति आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।
त्यसैगरी मतगणना कार्यमा समेत सबै सरोकारवालाको सकारात्मक सहयोग हुने अपेक्षा गरेको पनि आयोगले जनाएको छ ।
यसैगरी दुई क्षेत्रमा आइतबारदेखि मतगणना सुरु हुँदैछ ।
००००
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आइतबार राजधानी काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेका छन् ।
अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव बेलुकी अमेरिका प्रस्थान गरेको सो पार्टीका
००००
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई कमजोर बनाउने क्रियाकलापमा नलाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
शनिबार नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं। २ प्रदेश ‘क’ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले गुट उपगुटले पार्टीलाई कमजोर बनाएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।
पार्टी नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्दै गुटउपगुट बनाउँदा कसैलाई फाइदा नहुने भन्दै डा महतले विगतमा यस्तै क्रियाकलपा नुवाकोटसहित देशभर पार्टी कमजोर अवस्थामा पुगेको धारणा राखे ।
००००
‘नाइन्टी एयर्स प्लस भेट्रान’ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विमल गौतम र सुदीप योञ्जनको जोडी प्रथम भएको छ ।
शनिवार ललितपुरको रिभाइभ लिजर पार्कमा भएको प्रतियोगितामा गौतम–योञ्जनको टिमले दिलबहादुर कन्दन्वा र राजेन्द्र महर्जनको टोलीलाई पराजित गरेको हो ।
००००
टी–२० क्रिकेटमा दबदबा र सनसनी मच्चाउँदै आएको टेस्ट टोली वेस्ट इन्डिजको ‘ए’ टीमविरुद्ध घरेलु टोली नेपालले शनिवार सनसनीपूर्ण जीत दर्ता गरेको छ ।
टी–२० विश्वकपअघि ५ खेलको श्रृंखलाका लागि नेपाल आएको वेस्ट इन्डिज ‘ए’माथि नेपालले शानदार ४ विकेटको जीत हासिल गरेको हो । कुनै समय असम्भव जस्तो देखिएको २०५ रनको लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छँदै अन्ततः जीतसम्म पुग्न सफल भयो ।
००००
नेपालसँग पराजित भएपछि वेस्ट इन्डिजको वेस्ट इन्डिज क्रिकेट बोर्डले नेपालले २ बल बाँकी छँदै सिरिजको पहिलो खेल जितेको लेखेको छ । आफ्ना कप्तान रोस्टन चेजले ७४ रन बनाएको पनि बोर्डले सामाजिक सञ्जालमा उल्लेख छ ।
’विन्डिज क्रिकेट’ले नेपालसँगको श्रृंखलाका बाँकी ४ खेलले आउँदै गरेको टी–२० पुरुष विश्वकपको तयारीको रुपमा काम गर्ने पनि जनाएको छ ।
००००
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले इलाम २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
लिम्बूले मतदानका क्रममा आफ्नो पार्टीको चुनाव चिह्न घण्टीको ब्याच कोटमा लगाएका थिए । उक्त तस्वीर सामाजिक सञ्जालमा आफैंले पोस्टसमेत गरेका थिए ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अप्रत्याशित रूपमा संसद् बैठक अन्त्य गरेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासविरोधी कदम भएको दाबी गरेको छ ।
प्रमुख सचेतक रमेश लेखकले शनिवार विज्ञप्ति जारी गर्दै सरकारको यो कदम गैरजिम्मेवार भएको बताएका छन् ।
००००
राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका निराजन बम रिहा भएका छन् । राप्रपाका कार्यकर्ता उनी बिहीबार पक्राउ परेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले म्याद थप नगरेपछि उनी शुक्रबार रिहा भएका हुन् । राप्रपा नेता जनकराज पाठकले बम शुक्रबार छुटिसकेको जानकारी दिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...