×

NMB BANK
NIC ASIA

युक्रेनी सेनाको कब्जामा नेपाली युवक

‘यता साहुले ऋण तिरिहाल भन्छ, उता एक्लो छोरो दुस्मनको कब्जामा छ’

बुटवल | मंसिर २५, २०८०

NTC
Premier Steels

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । 

Muktinath Bank

दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ऋण तिर्ने दायित्व कलिलै उमेरमा परिवारका एक्ला छोरा प्रतीकको थाप्लोमा आयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाबाको उपचार गर्दा लागेको ऋण र घर बनाउँदा गरिएको खर्च तिर्न मामाहरूले उनलाई पोर्चुगल पठाउने योजना सुनाए ।


Advertisment
Nabil box
Kumari

तर, प्रतीकलाई कुनै साथीले पोर्चुगलभन्दा रुसमा राम्रो कमाइ हुने बताइदियो । उनी काठमाडौंको एक कन्सल्टेन्सीमार्फत ११ लाख खर्चिएर असार अन्तिम साता रुसका लागि उडे ।

Vianet communication

प्रतीककी आमा तिलकुमारी पुन छोरा रुस पुगेपछि कमाइ गर्ला भन्ने आशामा थिइन्, तर अहिले प्रतीक युक्रेनी सेनाको कब्जामा परेको खबर आएको छ ।

युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतीकले बोलेको भिडियो सार्वजनिक भएको छ । उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनी सेनाले आफूलाई कब्जामा लिएको बताएका छन् । 

‘मेरो नाम प्रतीक पुन हो । मेरो घर नेपालको दाङ जिल्लास्थित बिजौरी पर्छ । म रुसी सेनामा भर्ना भएको थिएँ, अहिले युक्रेनको कब्जामा छु,’ प्रतीकले भिडियोमा भनेका छन् । 

भर्ती भएपछि प्रतीक रुसको राजधानी मस्कोमा तीन महिना बसेका थिए । 

सेनामा रहँदा खासै समस्या नहुने र मनग्गे आम्दानी हुने प्रलोभनमा परी उनी रुसी सेनामा भर्ती भएका हुन् । रुसी सेना बनेर मनग्गे कमाइ गर्ने प्रलोभनमा परेका प्रतीक अन्ततः युक्रेनी सेनाको नियन्त्रणमा पुगेका छन् ।

‘यता साहुले ऋण कहिले तिर्छौ भनेका छन्,’ आमा तिलकुमारीले लोकान्तरसँग भनिन्, ‘उता, एक्लो छोरो मलाई उद्धार गर, म दुस्मनको कब्जामा छु भन्छ, हे भगवान ! मेरो छोरोलाई दुस्मनहरूको कब्जाबाट उन्मुक्ति देऊ ।’

प्रतीकको फोन प्रतीक्षा गर्दै परिवार सदस्यहरू भगवानसँग प्रार्थना गरेर बसेका छन् । सरकारले पहल गरेर छोरो छुटाइदिन्छ कि भन्ने झिनो आशा तिलकुमारीलाई छ ।

युक्रेनी सेनाले नियन्त्रणमा लिएको पाँच दिन बितिसक्दा समेत नेपाल सरकारका तर्फबाट भने पुन परिवारलाई सामान्य आश्वासन समेत आएको छैन । यो बीचमा प्रतीकले उद्धारको याचना गरेको २ वटा भिडियो सार्वजनिक भइसकेको छ ।

युक्रेनी सेनाले नियन्त्रणमा लिएको पाँच दिन बितिसक्दा समेत नेपाल सरकारका तर्फबाट भने पुन परिवारलाई सामान्य आश्वासन समेत आएको छैन । यो बीचमा प्रतीकले उद्धारको याचना गरेको २ वटा भिडियो सार्वजनिक भइसकेको छ ।

प्रतीक ३ महिनाअघि रसियामा तालिम लिएर युद्धमा होमिएका थिए । त्यसैक्रममा उनी युक्रेनी सेनाको कब्जामा परेका हुन् ।

एक सातायता प्रतीक घरपरिवारको सम्पर्कमा थिएनन् । उनको भिडियो परिवारले आइतबार मात्र देखेको प्रतीककी आफन्त सुमित्रा पुनले लोकान्तरलाई बताइन् ।

‘केही महिनाको तालिमपछि म लडाइँमा गएको थिएँ, अहिले युक्रेनमा छु,’ भिडिओमा पुनले भनेका छन्, ‘नेपालीलाई रुस नआउन अनुरोध गर्छु । रुसी राहदानी र पैसा पाउने आशामा यहाँ नआउन आग्रह गर्छु ।’

प्रतीकले होटलको कामभन्दा सेनामा धेरै पैसा कमाइ हुने देखेकाले आफू सेनामा प्रवेश गरेको बताएका छन् । ‘धेरै पैसा कमाइ हुन्छ, कोही पनि नआत्तिनुहोला भन्थ्यो,’ तिलकुमारीले भनिन्, ‘प्रतीकले जे सुनाए पनि हामीलाई भने त्यहाँ लडाइँ भइरहेकाले केही भइहाल्ने हो कि भनेर डर लागिरहन्थ्यो ।’

रुसी सेना बनेपछि पनि प्रतीक परिवारको सम्पर्कमै थिए । तर, गत साता प्रतीकले बहिनी विपनालाई फोन गरेर अब आफू अनलाइन आउन नपाउने बताएका थिए । 

प्रतीकको परिवारलाई छोरा युक्रेनी सेनाको कब्जामा परेको मलेसियामा रहेका एक आफन्तले थाहा दिएका थिए । सामाजिक सञ्जालमा भिडियो देखेपछि ती आफन्तले प्रतीकको घरमा पठाइदिएका थिए ।

एक्लो छोरा युक्रेनी सेनाको नियन्त्रणमा पुगेपछि तिलकुमारी छोरा फर्केर आउन नपाउने पो हो कि भनेर विचलित छिन् । प्रतीका ३ दिदीबहिनीमध्ये कान्छी विपना अहिले ९ कक्षामा पढ्दैछिन् ।

दुई छोरीको विवाह भइसकेको छ । रुस पुगेयता प्रतीकले दुईपटक गरेर १ लाख २५ हजार रुपैयाँ मात्र घरमा पठाएका थिए । एक साताअघिको कुराकानीमा उनले केही दिनमै तलब आउने र घरमा पठाउने बताएका थिए । 

विद्यार्थी भिसामा रुस गएका नेपाली युवा सेनामा भर्ती हुने क्रम बढेको छ । यसक्रममा ६ जनाको मृत्यु तथा अन्य केही घाइते समेत भएका छन् । प्रतीकसहित बाँकी केही भने युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x