कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडाैं | बैशाख १७, २०८१
गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडियो शनिबार सार्वजनिक गरेको छ । यो भिडियो प्यालेस्टिनी लडाकू समूहद्वारा तीन दिन पहिले पनि अर्को एक भिडियोमा एक बन्धकद्वारा आफूहरूको जीवन रक्षाका लागि केही गर्न याचना गरेका थिए ।
हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका दुई व्यक्तिको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ, जसलाई इजरायली अभियान समूह होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरमले किथ सिगेल र ओमरी मिरानको रूपमा पहिचान गरेको छ।
भिडियोमा मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताएका छन् । अमेरिकी नागरिक सिगलले पनि भिडियोमा हालैको लामो बन्दी जीवनबारे उल्लेख गरेका छन् ।
भिडियोबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले सङ्घर्ष जारी राख्ने बताएका छन् ।
उनीहरूले इजरायली सरकारसँग बन्धहरूलाई मुक्त गर्ने सम्बन्धी नयाँ सम्झौता गर्न आग्रहसमेत गरेका छन् ।
हमाल भन्यो– युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै छ
हमासले युद्धविरामका लागि इजरायलले अघि सारेको प्रस्ताव आफूले अध्ययन गरिरहेको बताएको छ ।
मध्यस्थताकर्ता इजिप्टको एक प्रतिनिधिमण्डल इजरायलमा रहेको र रोकिएको वार्ता शुरू गर्न प्रयासरत रहेको सञ्चारमाध्यममा आएको समाचारको एक दिनपछि हमासले शनिबार गाजा युद्धविरामका लागि इजरायलको पछिल्लो प्रतिप्रस्तावको अध्ययन गरिरहेको जनाएको हो ।
संयुक्त राष्ट्रसङ्घले ठूलो मात्रामा खाद्यान्न सहयोग नआएसम्म आगामी ६ हप्ताभित्र गाजामा अनिकालको सीमा नाघ्ने चेतावनी दिएपछि युद्धविराम वार्ताको नयाँ सङ्केत देखिएको हो ।
इजरायलले गाजाको दक्षिणी रफाह शहरमा रहेका हमासका लडाकुमाथि आक्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेकाले गाजाको पहिलेदेखि नै भयावह मानवीय अवस्था अझ भयावह हुने सहायता समूहहरूले बताएका छन् ।
इजिप्टसँगको सिमानामा पर्ने रफाहमा इजरायल र प्यालेष्टिनी इस्लामिक समूह हमासबीच करिब सात महिनादेखि चलेको युद्धका कारण विस्थापित भएका लाखौं प्यालेस्टिनीको भीड लागेको छ ।
‘हामी निरन्तर आतङ्कित, बारम्बार विस्थापन र आक्रमणको डरमा बाँचिरहेका छौँ,’ उत्तरमा इजरायली आक्रमणबाट भागेर आफ्ना पति र छोराछोरीसहित रफाह आएकी ३० वर्षीया निदा साफीले एएफपीलाई बताए ।
उक्त क्षेत्रमा नियमित बमबारी हुने गरेको छ । अस्पतालका अधिकारीका अनुसार रफाह र अन्य स्थानमा भएको हवाई आक्रमणमा शनिबार एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।
मृतकमध्ये एक परिवारका सदस्य रहेको उनका आफन्त मोहम्मद युसुफले जानकारी दिए । उनले भने, ‘मेरो घरलाई निशाना बनाउँदा बाबु, आमा, एक छोरी र दुई छोराको मृत्यु भयो । कोही पनि बाँकी रहेनन् ।’
युद्धविरामका लागि मध्यस्थता गरिरहेको इजिप्टले अवरुद्ध वार्ता अघि बढाउनका लागि ताजा जानकारीसहितको प्रतिनिधिमण्डल इजरायल पठाएको विवरण सञ्चारमाध्यमहरूमा आएका छन् ।
इजरायलका विदेशमन्त्रीले बाँकी बन्धकहरूलाई मुक्त गर्ने सहमति भए इजरायलले गाजाको दक्षिणी सहर रफाहमा गर्ने तयारी गरिरहेको स्थल कारबाही रोकिन सक्ने शनिबार बताएका थिए ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...