कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडाैं | बैशाख १७, २०८१
तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुुरु भएको छ ।
विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को शिलान्यास गरेसँगै काम अघि बढाइएको हो । विदुर नगरपालिका–५ स्थित तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दूरीमा पर्ने विदुर–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकांक्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
“पानीको चरम समस्या र मुहान अभावले व्यवस्थापनमा देखिएको चुनौतीलाई लिफ्ट सिँचाइ योजनामार्फत समाधानको प्रयासमा लागेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “बहुवर्षीय योजनामार्फत काम गरिने भएकाले आवश्यक थप बजेटको सुनिश्चितता र गुणस्तरीय काम गराउन नगरले पहल गर्नेछ ।”
खानेपानी तथा सरसफाइ डिभिजन नं २ धादिङमार्फत कार्यान्वयन गराउन लागिएको उक्त योजनामा चालु आर्थिक वर्षमा रु एक करोड बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अच्युतम राजभण्डारीले जानकारी दिए । आगामी असार मसान्तसम्ममा नुवाकोट (विदुर–२ दरबार क्षेत्र) मा दुईलाख क्षमताको मुख्य वितरण ट्याङ्कीसहित एङ्गल ब्लक, पम्पघर, वेल्डिङ र समवेलको काम पूरा गर्ने कार्यदेश रहेको छ । यसका लागि बागमती प्रदेस सरकारबाट रु ८७ लाख १८ हजारसहित उपभोक्तामार्फत रु नौ लाख ६८ हजार बराबरको श्रमदानको काम हुनेछ ।
उक्त योजना सम्पन्नपश्चात् विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन् । आयोजना पूरा गर्न रु १२ करोड लाग्ने बताइएको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...