मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
बुटवल । बहालवाला अध्यक्ष डम्बर शर्मालाई पराजित गरी नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् । शर्मालाई पराजित गर्दै खनाल पार्टीको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
खनालले २४ मतान्तरले विजयी भएका हुन् । खनालले २७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले २५३ मत मात्र ल्याउन सके । शर्माको पक्षमा जिल्ला इन्चार्ज खिमलाल भटटराई, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे प्रदेशका मन्त्री अर्जुन केसी लाग्दा पनि खनाल एक्लै जित निकालेपछि पार्टी पंक्तिमा तरंग आएको छ ।
उपाध्यक्षमा भेषराज पाण्डेलाई पराजित गरी शंकर पाण्डे विजयी भएका छन् । शंकरले ३१२ मत ल्याउँदा भेषराजले २०१ मत मात्र ल्याउन सके । त्यस्तैगरी सचिवमा सीबी गहतराज ३०४ मतका साथ विजयी भएका छन् । गहतराजका प्रतिस्पर्धी विश्व कार्की २१२ मत मात्र ल्याउन सके ।
उपसचिवमा सुशिला दर्लामी र देवी बहादुर पोखरेल विजयी भएका छन् । नयाँ नेतृत्वको लागि ५५३ मत खसेको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए । अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले न्युरोड फूटपाथ फराकिलो बनाउने विवादले एकाएक संघीयता कार्यान्वयनको बहस सिर्जना गरेको छ । काठमाडौं महानगरपालिकाले भत्काएको फूटपाथ सडक विभागले टाल्न थालेपछि सोमबा...
प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...