×

NMB BANK
NIC ASIA

नयाँ कर्मचारी भर्ना गर्ने योजना सहित लोक सेवाको कार्यतालिका सार्वजनिक

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३० असार— लोक सेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्न सक्नेगरी नयाँ आर्थिक वर्षका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । लोकसेवाले आर्थिक बर्ष २०७४/७५ को कार्यतालिका दुई चरणमा कार्यतालिका निर्धारण गरेको छ ।

एक चरणमा निजामति र अर्को चरणमा चाहिँ सुरक्षा निकाय तर्फ कर्मचारी भर्ना गर्ने गरि कार्य तालिका सार्वजनिक गरेको छ । कार्यतालिमा नयाँ भर्ना, बढुवा, आन्तरिक प्रतिस्पर्धा लगायतको लागि समय निर्धारण गरिएको छ ।

लोक सेवाले आफ्नो निरन्तर कार्य अनुसार उक्त कार्य तालिका प्रकाशन गरेको हो । संसदमा कर्मचारी समायोजन विधेयक पेश भइसकेको अवस्थामा पनि लोक सेवाले चाहिँ आफ्नो नियमित कार्यतालिका प्रकाशन गरेको हो ।

संसदमा यसै साता पेश भएको कर्मचारी समायोजन विधेयक पारित भएमा आउँदो एक वर्ष नयाँ कर्मचारी भर्ना रोकिने छ । ‘नयाँ भर्ना, बढुवा र आन्तिक प्रतिस्पर्धाको विषयमा लोकसेवाले धेरै पहिलेदेखिनै कार्यतालिका प्रकाशन गर्छ,’ लोक सेवाका एक अधिकारीले शुक्रवार लोकान्तरसंग भने, ‘विधेयक पास हुने वा नहुने कुरासँग लोकसेवालाई मतलब हुँदैन ।’

विधेयक पास हुने वा नहुने विषय फरक भएको र लोक सेवाको कार्यतालिका फरक भएको उनले बताए । कर्मचारी भर्नाको लागि सरकारले नै लोक सेवा आयोगलाई अनुरोध गर्ने भएकोले सरकारले उक्त अनुरोध नगरेमा नयाँ पदपूर्ति स्वतः रोकिने छ ।

समायोजन विधेयक पास भएमा सरकारले कर्मचारी नमाग्ने अवस्था चाहिँ आउन सक्ने उनले बताए । तर लोक सेवा आयोगले चाहिँ नयाँ कर्मचारी भर्ना रोक्ने सरकारको प्रस्तावलाई पहिले देखिनै विरोध गर्दै आएको छ ।

लोक सेवाले देशमा लाखौं मान्छेहरुलाई व्यस्त बनाइरहेको अवस्थामा भर्ना रोकिने वित्तिकै दक्ष जनशक्ति खाडी जान बाध्य हुने र उनीहरुमा डिप्रेसन हुने बताउँदै आएको छ । संसदीय समितिमा हुने दफावार छलफलमा आफ्ना कुरा राख्ने आयोगको तयारी छ ।

लोक सेवा आयोगका सह सचिव किरण शर्माले भर्ना रोकिएमा राम्रा मान्छे विदेश जाने र नराम्रा मान्छे भोलि सकारी सेवामा प्रवेश गर्ने वातावरण निर्माण हुन सक्ने बताए । राम्रा मान्छे सकारी सेवामा नआएमा सेवा प्रवाह पनि राम्रो नहुने उनले बताए ।

कमजोर व्यक्ति सरकारी सेवामा प्रवेश गरेमा गलत पोलिसी निर्माण गर्ने र नेताले जे भन्यो त्यही मान्ने अवस्था सिर्जना हुन सक्ने पनि उनले बताए ।

संविधानमा स्थानीय तहको कर्मचारी प्रदेश लोक सेवा वा केन्द्रीय लोक सेवाले गर्ने भन्ने विषय स्पष्ट व्यवस्था नभएकोले पनि नेताहरुले अहिलेको विधेयक ल्याएको उनले बताए ।

नेताहरुले लोक सेवा आयोगलाई कमजोर बनाएर आफ्ना भरौटेहरुलाई सरकारी सेवामा प्रवेश गराउनको लागि कर्मचारी समायोजन विधेयक ल्याएको भन्दै पूर्व प्रशासकहरुले आलोचना गरेका छन् ।

हेर्नुहोस् कार्यतालिका :

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x