खप्तड गोल्डकपमा आज ड्रक स्टार र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदै

पुस २५, २०७४

धनगढी, २५ पुस– धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज पाहुना टोली भुटानको ड्रक स्टार क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली अनुभवी खेलाडीका साथ मैदानमा उत्रदैछन् । 

भुटानी क्लबमा भुटानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी समेत रहेका छन् । रुपन्देही ११ मा पनि राष्ट्रिय लिग खेलिसकेका खेलाडीहरु रहेकाले दुई टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।  


दुई टोलीबीचको प्रतिस्पर्धा धनगढीस्थित स्थानीय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा झापा ११ लाई ३–१ ले हराउँदै थ्रीस्टार क्लब प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा १२ टोली सहभागी छन् ।
 

पुस २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस