आगो ताप्दा जलेर एक जना घाइते

काँकडभिट्टा, २९ पुस- आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी सख्त घाइते हुनुभएको छ ।
बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ ।
पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उहाँको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो । आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन् ।
थप समाचार
- ५०० को नयाँ नोटले झुक्किनुहोला, अब एउटा मात्रै बाघ छ
- २२ किलो सुन तस्करीका नाइको पक्राउ
- मौसम परिवर्तन हुँदा किन धेरै मान्छे बिरामी हुन्छन् ?
- ३३ किलो सुन तस्करी: दोस्रो तहको ‘कनेक्सन’ खोतलिंदै, जो छन् शंकाको घेरामा
- प्रदेश २ मा थपिएका सार्वजनिक बिदा
- महिलामाथि एसिड छ्याप्ने प्रहरीलाई कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन
प्रतिक्रिया दिनुहोस