×

NMB BANK
NIC ASIA

किन टिकेन मनोज गजुरेलको दाम्पत्य जीवन, के भन्छिन् मीना ?

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ माघ– २२ वर्ष लामो वैवाहिक समबन्ध टुंग्याउँदै मनोज गजुरेल दम्पत्तिले सम्बन्ध विच्छेद गरेको छ । करिब एक महिनाअघि मीना ढकाल र मनोज गजुरेले समवन्ध विच्छेद गरेका हुन् । 

Muktinath Bank

दुई सन्ताका आमा बाबु मनोज र मीनाबीच विवाह भएको २२ वर्षपछि आखिर किन सम्बन्ध विच्छेद नै गर्नुपर्ने अवस्था आयो त ? सवैले चासो व्यक्त गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनोज–मीनाको वैवाहिक सम्बन्ध


Advertisment
Nabil box
Kumari

मनोज र मीनाबीच २०५२ सालमा पहिलोपटक भेट भएर एक वर्षसम्म प्रेम बसेको थियो । करिब एक वर्षको प्रेम सम्बन्ध पछि उनीहरुले २०५३ वैशाखमा विवाह गरेका थिए । जतिवेला मीना १८ र मनोज २२÷२३ वर्षका थिए । 

Vianet communication
Laxmi Bank

एक भिडियो अन्तर्वार्तामा मीनाले विवाह अगाडि साथी जस्तै व्यवहार गर्ने मनोज विवाहपछि पतिको रुपमा आएको र त्यसबेला देखिनै सम्बन्ध राम्रो नभएको बताउँछिन् । ‘साथी जस्तो मान्छे उहाँ एकैपटक लोग्नेजस्तो भएर प्रस्तुत हुनुभयो,’ मीनाले भनिन्, ‘शुरु देखिनै बेमेल थियो, उहाँको र मेरो संस्कार संस्कृति पुरै फरक थियो ।’

छोरा-छोरीमा भागबण्डा !

मनोज र मीनाबीचको सम्बन्ध विच्छेदले उनीहरुको सन्तामा पनि असर परेको छ । दुई सन्तानमध्ये एक बाबुसँग र अर्को आमासँग बस्न बाध्य भएका छन् । 

पुस ११ गते अलग भएसँगै दुई सन्तानमध्ये छोरा मनोजसँग बालोकटस्थित घरमा बस्दै आएका छन् भने १३ वर्षीय छोरी आमा मीनासँग बानेश्वरमा बस्दै आएकी छिन् । 

केमा भयो मतभेद ?

क्यानडा नेपालललाई मीनाले दिएको एक भिडियो अन्तर्वार्तामा आफ्ना कारणले नभई मनोज गजुरेलकै कारण लामो बैवाहिक सम्बन्ध सकिएको दाबी गरेकी छिन् । राम्रो व्यवहार नगरेको र आफूलाई सहयोग नगरेका कारण सँगै बस्न नसकेको मीनाको भनाइ छ । 

मनोज गजुरेललाई आफूले ‘मनोज गजुरेल’ बनाएको भएपनि आफ्नो भूमिकालाई मनोजले स्वीकार गर्न नसकेको दुखेसो मीनाको छ । ‘उहाँको करियर बनाउनका लागि मेरो हात कति छ भन्ने सवैलाई थाहा छ,’ मीनाले भनिन्, ‘तर उहाँले स्वीकार गर्नु भएन । अहिले फिल गरिरहेको छु केही हुँदा उहाँ (मनोज गजुरेल)मेरो नाम नै लिनुहुन्थेन ।’

पुरुषको सफतामा महिलाको हात हुन्छ भन्दा उहाँले सजिलै ‘अँ हात नभैकन भात पाक्दैन भन्नुभयो जसले अहिले पनि हर्ट भइरहेको छ,’ मीना भन्छिन् । 

परिवारलाई मनोजले समय नदिएको पनि मीनाको गुनासो छ । वर्षमा ९ महिना मनोज घर बाहिरै भएपनि आफूले उनको काममा कहिल्यै अवरोध नगरेको मीनाले बताइन् । घरमा भएपनि मनोजले खुलेर आफूसँग कहिल्यै कुरा नगरेको उनले बताइन् । 

साथीभाइहरुले घरमा त मनोजले निकै हँसाउँछ होला भन्दा आफूले टाउँको हल्लाउने गरेको भएपनि घरमा आफूहरुबीच गफ नै नहुने गरेको मीनाको दाबी छ । 

मनोजलाई दाह्री काट्न पनि सम्झाउनु पर्छ

मनोजलाई आफूले पत्नीको रुपमा मात्र नभई दर्शको रुपमा सल्लाह सुझाव दिँदै आएको मीनाले बताइन् । मनोजका हरेक कार्यक्रम पहिला हेरेर सल्लाह सुझाव दिने गर्थिन् मीना । 

‘मैले उहाँको लेखदेखि उहाँको स्टेज कार्यक्रमको स्किृप्ट, मेकअप ड्रेसअप सम्मेतमा सल्लाह सुझाव दिँदै आएको थिएँ,’ मीनाले सुनाइन् । 

मनोज गजुरेलले आफूले आफूलार्ई सम्हाल्न गाह्रो भएको मीनाले बताइन् । महिला भएका कारण आफू अर्को विवाह नगरी बस्न सक्ने भएपनि मनोजलाई भने सम्हाल्ने व्यक्तिको खाँचो भएको मीनाको भनाइ छ । 

‘उहाँलाई आफ्नो भित्रि बस्त्र धुन पनि आउँदैन, दाह्री काट्न पनि सम्झाउनु पर्छ त्यसैले उहाँले विवाह गर्नुपर्छ,’ मीनाले भनिन् । 

‘मजस्तै सम्हाल्न सक्ने श्रीमती आउँछन् कि आउँदैनन् ? फेरि मलाईजस्तै व्यवहार गर्नुभयो भने कसरी घर बस्ला ?’ चिन्ताको भावमा मीनाले भनिन् । मनोजलाई फेरि घरजम गरेर बस्न मीनाले सुझाव दिइन् । 

मनोजले आफूमाथि गरेको जस्तै व्यवहार गरेको खण्डमा भने उनलाई सम्हाल्ने मान्छे (अर्की श्रीमती) पनि नटिक्ने मीनाको दाबी छ । 

‘मलाई जस्तै व्यवहार गर्नुभयो, घरकी गृहलक्ष्मीलाई राम्रो व्यवहार गर्नु भएन भने फेरि पनि उहाँको घर बन्न सक्दैन,’ मीनाले अगाडि भनिन्, ‘२२ वर्षसम्म सँगै बसेकीे श्रीमतीलाई राम्रो व्यवहार गर्नु सक्नु भएन नयाँलाई पनि गर्नु भएन भने समस्यामा पर्नुहुन्छ ।’

अब के गर्छिन् मीना ?

मीनाले पाँच वर्ष अघि बुटिक सञ्चालन गरेकी थिइन् । तर मनोजले नै दुवै जना व्यस्त हुँदा घर बिग्रियो भनेपछि उनले उक्त व्यवसाय बन्द गरिन् । तर अब मनोजसँग छुट्टिएपछि उनले पुनः आफूले पहिला गरेको व्यवसाय नै सञ्चालन गर्ने सोच बनाएकी छिन् । ‘पहिला पनि परिवारका कारण बुटिक छोडे, श्रीमानले सहयोग नगर्दा छोडे,’ मीनाले भनिन्, ‘अब फेरि परिवारकै कारण पुनः शुरु गर्नुपर्ने भयो ।’

खास कारण अर्कै ?

२२ वर्ष लामो वैवाहिक समबन्ध डिभोर्ससम्म पुग्नु सवैका लागि नौलो विषय हो । तर उनीहरुको डिभोर्सको खास कारण भन्ने अर्कै रहेको मीनाले पनि स्वीकार गरेकी छिन् । क्यानडा नेपासँगको अन्तर्वार्ताका क्रममा  मीनाले अन्तिममा भनेकी छिन्, ‘डिभोर्स हुनुमा ठूलै कारण छ । पछि भनौला !’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x