इन्दु बानियाको ‘राम कसम’

काठमाडौं, २१ माघ- इन्दु बानियाको नयाँ म्युजिक भिडियो राम कसम बजारमा आएको छ । बिन्दबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको सो म्युजिक भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् । गीतको शब्द तथा संगीत संयोजनमा मनोज राज सिवाकोटी रहेका छन् भने इन्दु बानियाकै आवाजमा रहेको सो गीतको म्युजिक भिडियोमा अभिनय भने पुष्पाञ्जल र अञ्जलीको रहेको छ ।  

क्यामेरामा अजय रेग्मी रहेको सो गीतको म्युजिक भिडियोमा व्यवस्थापकमा बिनोद बाजुराली छन् । म्युजिक भिडियोको सम्पादन रमित ओलीले गरेका छन् ।  
 

माघ २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस