कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
काठमाडौं, २९ माघ — पुस्तक मानिसको सबभन्दा असल मित्र हो । अनि एक असल मित्रको खोजीमा सबै हुन्छन् ।
कुनै समयमा मानिस सोख पूरा गर्न किताब लेख्थे । आफ्ना अनुभव, समाजलाई हेर्ने दृष्टिकोण र आफ्नो सोचलाई किताबको रूप दिएर उनीहरू सबैसमक्ष ल्याउँथे । आज भने यो एक ठूलो व्यापार भइसकेको छ ।
अहिले त किताबको संसारमा एकअर्कालाई उछिन्ने होडबाजी चलेको छ । राम्रो किताब लेख्नु कुनै ठट्टाको विषय होइन । लेखकले यसका लागि बहुमूल्य समय छुट्ट्याउनुपर्छ । अनि बल्ल उम्दा किताब चाहने व्यक्तिहरूसम्म पुग्छ ।
लेखक पनि मानिसहरूले आफ्नो कामको प्रशंसा मात्र नगरून्, उचित पारिश्रमिक पनि पाइयोस् भनी आशा गर्छन् ।
आजकल हामी डिजिटल संसारमा बाँचिरहेका छौं । संसार नै स्मार्टफोन, ल्यापटप र कम्प्युटरमा अटाएको छ । हामी फोनमा अत्यधिक समय बिताउँछौं । मानिसको यो कमजोरीलाई लेखकहरूले पनि बुझेका छन् ।
लेखकले कुनै प्रकाशक पाएनन् भने आफैं अन्लाइन पुस्तक उपलब्ध गराउँछन् । उनीहरूको कामलाई कदर गर्ने मानिस अन्लाइन नै भेटिन सक्छन् ।
अन्लाइनमा तपाईंले जस्तो किताब पनि फेला पार्नुहुन्छ । तर आजकल रोमान्सका बारेमा लेखिएका पुस्तकले मानिसहरूलाई बढी आकर्षित गरिरहेको छ । अंग्रेजीको रोमान्टिक उपन्यास फिफ्टी शेड्स अफ ग्रे संसारभरि खुबै
रुचाइयो । किताब टन्न बिकेर यसकी लेखिका करोडपति भइसकिन् ।
लेखिका ईएल जेम्सका अनुसार, ईबूकको चलनले रोमान्समाथि किताब लेख्नेहरूलाई अतिरिक्त कमाउने अवसर दिएको छ ।
एक अनुसन्धानले रोमान्टिक किताब लेख्नेहरूको तुलनामा गम्भीर विषयमा लेख्नेहरूको कमाइमा ३० प्रतिशतले कमी आएको देखाएको छ ।
अनुसन्धानले त के पनि देखाउँछ भने रोमान्समाथि लेख्नेहरूका लागि यो मात्र कमाइको माध्यम होइन । उनीहरू अन्य रोजगारी पनि गर्न पाउँछन् र कमाउँछन् । गम्भीर विषयमा लेख्नेहरूले चाहिँ धेरै समय छुट्ट्याउनुपर्छ ।
त्यसैले उनीहरूले अरू काम गर्न पाउँदैनन् । त्यसैले उनीहरूको कमाइ पनि घट्दैछ ।
खासमा रोमान्समा लेख्नेहरूले सामान्यतया स्वतन्त्र रूपमा काम गर्छन् । अमेरिकामा लगभग एक तिहाइ मानिस स्वतन्त्र रूपमा कमाइरहेका छन् ।
सन् २०१७ को अन्त्यसम्ममा अमेरिकाको लगभग आधी जनसंख्या अतिरिक्त कमाइको यही विकल्पमा काम गरिरहेको हुनेछ । गम्भीर विषयमा लेख्नेहरूले उनीहरूबाट केही कला सिक्न सक्छन् ।
रोमान्स लेखकहरूको कमाइ किन बढिरहेको हो भने उनीहरूको किताब अन्लाइन बढी बिक्छ । तर उनीहरू सफल हुनुका कारण के हुन् ?
सन् १९७० मा अमेरिकामा रोमान्स लेख्ने नयाँ लेखकहरूलाई ठूला लेखकहरूले नकारेपछि सबैले मिलेर एउटा संस्था बनाए । त्यसको नाम रोमान्स राइटर्स अफ अमेरिका थियो । अहिले लगभग १० हजार लेखक त्यसका सदस्य छन्
।
सन् १९८०मा यस संस्थाले काम गर्न शुरू गर्दा नयाँ लेखकलाई ठाउँ दिइएको थियो ।
रोमान्स राइटर्स अफ अमेरिकाले नयाँ लेखकलाई मञ्च मात्र दिएन, उनीहरूको कला निखार्नका लागि कैयौं वर्कशप पनि आयोजना ग–यो ।
अनुभवी लेखकले नयाँ लेखकलाई मार्गनिर्देशन गर्छन् । साथै यी लेखकको काम अन्लाइन प्रकाशित गर्ने चाँजोपाँजो पनि मिलाउँछन् । केही लेखकहरूले त अन्लाइन सेल्फ पब्लिशिङ एड्भाइजरी ग्रूप समेत बनाएका छन् र नयाँ
लेखकलाई सल्लाह दिने गरेका छन् ।
यी अनुभवी लेखकहरूले नयाँलाई सल्लाह दिने मात्र होइन, उनीहरूको विचार बुझेर कार्यान्वयन पनि गर्ने गरेका छन् । यसरी उनीहरू दुवैले आफ्नो काममा निखार ल्याउने गरेका छन् ।
फ्रीलान्स काम गर्ने लेखकहरूले यी अनुभवी लेखकबाट फाइदा लिएर आफ्नो आम्दानी बढाउन सक्छन् ।
बीबीसी हिन्दीबाट
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...