यी महिलाको आँखाबाट निकालियो १४ वटा कीरा

काठमाडौं, २ फागुन — अमेरिकाको ओरेगनमा एक महिलाको आँखाबाट १४ वटा कीरा निकालिएको छ । चिकित्सकहरूलाई यो अनौठो घटना हो किनकि यस्तो कीरा जनावरमा मात्र पाइन्थ्यो ।

सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनका वैज्ञानिकहरूका अनुसार, थेलाजिया गुलोसा प्रजातिको परजीवी कीराका कारण मनुष्यमा भएको संक्रमणको यो पहिलो घटना हो । 

एबी बेकले नामक महिलालाई अगस्ट २०१६ मा देब्रे आँखामा पोलेको जस्तो लाग्यो । उनले आँखामा परेला प–यो होला भन्ठानेकी थिइन् तर सात दिनपछि उनको आँखाबाट कीरा निस्क्यो । यसको जाँच गर्दा यो कीरा थेलाजिया गुलासो प्रजातिको भएको पाइयो । 

त्यसको २० दिनमा बेकलेको आँखामा यस्तैखालका अन्य कीरा पनि पाइए । आधा इन्च लामो यो परजीवी कीराले आँखाको पुतलीनजिकको चिप्लो पदार्थबाट पोषण प्राप्त गर्छ । 

थेलाजियाबाट कुकुर, बिरालो र स्याल जस्ता जन्तु संक्रमित हुन्छन् । कीराको संक्रमण फैलाउनमा झिंगाहरूको ठूलो हात हुन्छ । 

एजेन्सी
 

फागुन २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस