×

NMB BANK
NIC ASIA

संयोजन समितिको बैठकले वाम एकताको टुंगो लगाउन सकेन

फागुन २, २०७४

NTC
Premier Steels

काठमाडौं, २ फागुन– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास स्वरुप बसेको कार्यदलको बैठक सकिएको छ । 
ललितपुरको एक घरमा बुधबार राती अबेरसम्म बसेको बैठकमा  दुई पार्टीबीच सांगठनिक र  पार्टीको नीतिबारे कुरा नमिलेपछि फेरि छलफलमा बसेर टुंगो लगाउने गरी सकिएको हो । 

Muktinath Bank

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको  बैठक निकै सकारात्मक भएको भन्दै  सांगठनिक व्यवस्थापन र पार्टीको नीतिबारे निर्णय गर्न दुई कार्यदल बनाइएको जानकारी दिए । 
उनले भोलि पुन एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको पनि जानकारी दिए । 
यस्तै एमाले उपाध्यक्ष भीम रावलले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टुंगो लगाउन बाँकी रहेको भन्दै कार्यदलमा छलफल गरेर निश्कर्षमा पुगिने बताए । 
यस्तै उनले दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भइरहेको बताए । 
केपी ओली र प्रचण्ड नै अध्यक्ष रहने र प्रधानमन्त्री पालोपालो चलाउने   सहमति भएको बताइएको छ । यद्यपी यसबारे औपचारिक जानकारी दिइएको छैन। 
आजै ओली र प्रचण्डबीच वान टु वार्ता भएको थियो । वार्तापछि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीमा पार्टी एकताका विषयमा छलफल समेत गरेका थिए । सोलगत्तै बसेको एकता संयोजन समितिले  एकताको विषय टुंगो लगाउने अपेक्षा गरिएको भएपनि  बाँकी विषय टुंग्याउन कार्यदल बनाइएको हो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x