×

NMB BANK
NIC ASIA

सानो कुरामा महिलालाई विमानबाट निकालियो

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० फागुन — बेलायतकी एक महिलाले इमिरेट्स एयरलाइन्समाथि आफूलाई रजस्वलाका कारण भएको पीडाका कारण उडान गर्न नदिइएको आरोप लगाएकी छन् । महिलाले एकजना साथीसँग रजस्वलाको पीडाका बारेमा कुराकानी गरेको फ्लाइट अटेन्डेन्टले सुनेकी थिइन् । 

त्यसपछि फिल्म उड्नुभन्दा ठीक अघि उनलाई प्लेनबाट बाहिर निकालियो । 

चौबीस वर्षीया बेथ इभान्स आफ्ना प्रेमी जोशुआ मोरानका साथ दुबई जाँदैथिइन् । उनले बेलायतको बर्मिंघमबाट दुबईसम्मका लागि इमिरेट्सको टिकट काटेकी थिइन् । बेथले प्रेमीसँग रजस्वलाको पीडाका बारेमा कुरा गरेको फ्लाइट अटेन्डेन्टले सुनेर विमानबाट निकालिदिएको उनी बताउँछिन् । 

बेथले विमान कर्मचारीलाई आफ्नो पीडा धेरै नभएको बताएको भएपनि उनी र उनको प्रेमीलाई उडाइएन । 

बेथका प्रेमी मोरानले बताए, ‘उनी आफ्नो समस्या बताउँदै गर्दा रोएकी थिइन् । अनि एयरहोस्टेसका उट्पट्याङ प्रश्नको उत्तर दिँदा पनि उनी हैरान भएकी थिइन् । 

उता इमिरेट्स एयरलाइन्सले चाहिँ बेथलाई मेडिकल इमर्जेन्सीका कारण फ्लाइटबाट बाहिर निकालिएको बताएको छ । कम्पनीले जारी गरेको पत्रमा भनिएको थियो, ‘यात्रीले हामीलाई पीडा भइरहेको बताइन् र स्वास्थ्य ठीक नभएको भनिन् । यात्रुको सुरक्षा हाम्रा लागि आवश्यक हुन्छ र हामी फ्लाइटका बेलामा उनलाई धेर समस्या नहोस् भन्ने चाहन्थ्यौं ।’

इमिरेट्स एयरलाइन्सले वेबसाइटमा स्वास्थ्यसम्बन्धी अनेकौं नियम दिएको छ । त्यसमा संक्रमण भएका, मुटुको समस्या भएका र सासको गम्भीर समस्या भएका मानिसलाई उडान भर्न नदिने लेखिएको छ । तर रजस्वलाका विषयमा कुनै नियम छैन ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x