×

NMB BANK
NIC ASIA

मन्त्रीका आकांक्षी धेरै भएपछि एमाले–माओवादीलाई समस्या, मन्त्रिमण्डल विस्तारमा ढिलाई

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ फागुन– एमाले र माओवादी भित्र मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई  हुने भएको छ ।

Muktinath Bank

माओवादीको समर्थनमा फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले १० दिन वितिसक्दा पनि तीन सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्न सकेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्रीसहित १८ मन्त्रालय बनाउने निर्णय भएको छ । तीमध्ये एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने सहमति दुई दलबीच भएको छ ।
तर दुबै दलहरुमा मन्त्रीको आकांक्षी धेरै हुँदा एमाले र माओवादी पार्टीका अध्यक्षहरुलाई मन्त्री चयनमा समस्या परेको छ ।


Advertisment
Nabil box
Kumari

एमाले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री चयनको जिम्मेवारी दिएको छ । तर अकांक्षी धेरै भएका र विभिन्न गुटहरुलाई समेत मिलाउनु पर्ने भएका कारण ओली समस्यामा परेका छन् । आफ्नै गुटका उच्च तहका नेतालाई मन्त्रीसहित मन्त्रालयको व्यवस्थापनले पनि उनी थप समस्यामा परेका छन् ।

Vianet communication
Laxmi Bank

‘प्रधानमन्त्री ज्यूले आज साझँसम्ममा मन्त्री बन्ने पार्टी नेताहरुको टुंगो लगाउनु हुन्छ,’ एमालेका एक नेताले भने,‘माओवादीले पनि आज साँझै मन्त्रीहरुको नाम दिएको खण्डमा भोलि मन्त्रीहरुको शपथ हुन्छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आइतबार साँझसम्ममा मन्त्रीहरुको टुंगो लाग्ने बताउँदै सोमबार तीन बजे विस्तारित मन्त्रिपरिषद्का सदस्यहरुले शपथ लिने बताएका छन् । तर, उनको पार्टीमा मन्त्रीका आकांक्षीको व्यवस्थापनमा भने जटिलता रहेको छ ।

माओवादीबाट सरकारको नेतृत्व गर्ने भनिएका रामबहादुर थापा बादल र नेता वर्षमान पुनबीच गृहमन्त्रालयको दाबीले प्रचण्ड तनावमा परहेको माओवादीका एक नेताले बताए ।

‘बादल र पुन दुबै जना गृहमन्त्रालयमा दाबी गरिरहनुभएको छ,’माओवादीका एक नेताले भने,‘त्यसलाई व्यवस्थापन गर्न सकिनासाथ सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्छ ।’

माओवादीमा प्रचण्ड, नारायणकाजी र बादललाई सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा दिइएको छ ।

संघीय समाजवादी र सूर्य चुनाव चिह्न लिएर चुनाव लडेका हृदयश त्रिपाठीसहितका नेतालाईसमेत मन्त्री बनाउने पक्षमा प्रधानमन्त्री छन् । माओवादीले भने अन्य दललाई सरकारमा सहभागी गराउँदा एमालेको भागमा परेको १० मन्त्रालयबाट घट्ने तर्क गर्छ ।

१० मन्त्रालयमा एमालेबाट तीन गुणा आकांक्षी

एमालेले १० मन्त्रालय पाउने समझदारी भए पनि पदाधिकारीसहित तीन गुणा बढी आकांक्षी छन् ।  उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठसहित थुप्रै आकांक्षी देखिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x