कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं, १३ फागुन — शनिवार अबेर राति दुबईबाट नराम्रो खबर आयो । यो भयानक खबरमाथि पहिला त कसैलाई पनि विश्वास भएन र धेरै मानिसले यसलाई हल्ला मात्र ठाने ।
तर छिट्टै समाचार पुष्टि भयो । बलिउड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा मृत्यु भयो ।
अहिलेसम्म प्राप्त जानकारीअनुसार, उनी दुबईमा एक विवाह समारोहमा उपस्थित थिइन् । त्यहीँ उनलाई कार्डियाक अरेस्ट भयो ।
फिटनेसप्रति सचेत पातली श्रीदेवीलाई देखेर यस्तो सेलेब्रिटी पनि हृदयघातका कारण मर्छिन् भनेर धेरैलाई लागेको थिएन ।
कार्डियाक अरेस्ट के हो र यो शरीरका लागि किन खतरनाक छ ? अनि यो हार्ट फेल वा हृदयघातभन्दा कसरी फरक छ ?
हार्ट ओआरजीका अनुसार, कार्डियाक अरेस्ट अचानक हुन्छ र शरीरले यसका बारेमा कुनै चेतावनी दिँदैन ।
मुटुमा हुने विद्युतीय गडबडी यसको कारण हो । यसले ढुकढुकीको तालमेल बिगारिदिन्छ ।
यसबाट मुटुले रगत पम्प गर्ने क्षमतामा असर पुग्छ र उसले दिमाग, मुटु वा शरीरका अन्य अंगसम्म रगत पु–याउन सक्दैन ।
यसमा केही क्षणमै मानिस बेहोश हुन्छ र नसाको चाल पनि बन्द हुन्छ ।
सही समयमा उपचार नपाइएमा कार्डियाक अरेस्टबाट केही सेकेन्ड वा मिनेटमा मृत्यु हुन सक्छ ।
अमेरिकामा चिकित्सा गरिरहेका वरिष्ठ मुटुरोग विशेषत्र डा सौरभ वंशलले बताए, ‘कार्डियाक अरेस्ट प्रत्येक मृत्युको अन्तिम विन्दु हो । यसको अर्थ मुटुको ढुकढुकी बन्द हुनु हो र यो नै मृत्युको कारण हो ।’
बेलायती मुटु फाउन्डेसनका अनुसार, मुटुमा इलेक्ट्रिक सिग्नलको समस्याले शरीरमा रगत नपु–याउँदा कार्डियाक अरेस्ट हुन पुग्छ ।
व्यक्तिको शरीरमा रगत पम्प हुन बन्द हुँदा दिमागमा अक्सिजनको कमी हुन जान्छ ।
यस्तो हुँदा मानिस बेहोश हुन्छ र सास आउनै बन्द हुन्छ ।
सबभन्दा गाह्रो त यसको कुनै लक्षण नै देखिँदैन । त्यसैले कार्डियाक अरेस्ट हुँदा मृत्युको जोखिम कैयौं गुणा बढ्छ ।
कार्डियाक अरेस्टका अनेकौं कारण हुन सक्छ । तर मुटुसँग जोडिएका केही रोगहरूले यसको आशंका बढाइदिन्छन् ? कोरोनरी हार्ट रोग, हृदयघात, कार्डियोमायोप्याथी, कन्जेनिटल मुटु रोग, हार्ट भल्भमा समस्या, मुटुको मांसपेशी
सुन्निनु लगायत ।
यसबाहेक बिजुलीको झड्का लाग्दा, बढी ड्रग लिँदा, रक्तश्राव हुँदा, पानीमा डुब्दा आदि ।
छातीमा इलेक्ट्रिक शक दिएर पनि यसबाट रिकोभर हुन सकिन्छ । यसका लागि डिफिब्रिलेटर नामक टूल उपयोग हुन्छ ।
यो सबै प्रमुख अस्पतालहरूमा पाइन्छ । यसमा मुख्य मशिन र शक दिने बेसहरू हुन्छन् । तिनलाई छातीमा लगाएर अरेस्ट हुनबाट बचाउने प्रयास गरिन्छ ।
नभए सीपीआर गरिन्छ । कार्डियोपल्मोनरी रिससिटेसन प्रक्रियामा दुवै हातलाई सीधा राखेर रोगीको छातीमा बेस्सरी थिचिन्छ ।
यसैमार्फत मुखको बाटो भएर हावा पु–याइन्छ ।
हृदयघात र यसमा भिन्नता छ ।
कोरोनरी आर्टरीमा नसा जमेर मुटुका मांसपेशीहरूसम्म रगत जाने बाटोमा अवरोध भएमा हृदयघात हुन्छ ।
यस्तो अवस्थामा छातीमा चर्को पीडा हुन्छ । मुटुले शरीरका अन्य भागमा रगत पु–याउँछ र रोगी होशमा रहन सक्छ ।
तर जुन व्यक्तिलाई हृदयघात हुन्छ, उसलाई कार्डियाक अरेस्टको जोखिम बढ्छ ।
कार्डियाक अरेस्टमा मुटुले अचानक शरीरमा रगत पु–याउनै पाउँदैन । यसैले गर्दा व्यक्ति अचानक बेहोश हुन्छ र उसको सास पनि बन्द हुन्छ ।
बीबीसी हिन्दीबाट
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...