असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विराटनगर, १७ चैत-सुनसान मध्यरात जस्तो, चारैतिर चकमन्न छ । दायाँबायाँ कोही देखिँदैनन् ।
पर एक जोडी आफ्नै कुरामा व्यस्त छन् । लाग्छ, यो जोडी भर्खरै माया प्रेममा चुर्लुम्म डुबेको छ । माथिबाट एउटा पिलपिले बत्ती पनि बल्दै गरेको । हो यहीँ चल्दै थियो मसान । यसै साता विराटनगरको गुरुकुललाई मसानले तर्साएको छ । साहित्यकार गोपालप्रसाद रिमालको कृतिमा आधारित नाटक ‘मसान’ मञ्चन गरिएको हो ।
‘मसान’ हेर्दै गर्दा कृष्णले कुनै युवतीलाई प्रेम गरेर घरमा ल्याई पत्नीको स्थान र अधिकार दिएको छ। सहचार्य र सहवासको केही वर्षपछि युवतीलाई आफूबाट सन्तान नभएकोमा छटपटी हुन थाल्छ । उसको सन्तुष्टिका लागि भानिज भोटूलाई ल्याएर पालिन्छ । भोटुलाई पालेर हेलेनको आमा कहलाउने आकांक्षा झन् बढ्छ र उसको आग्रहमा कृष्णको पुनःविवाह हुन्छ । कृष्ण हेलेनलाई दिएको प्रेम ‘दुलही’लाई दिन चाहँदैन, त्यसैले दुलहीमा कुण्ठा उत्पन्न हुन्छ र सौतेनी डाहा जाग्छ । युवतीका आग्रहले सन्तानका निम्ति कृष्णलाई दुलहीलाई माया नगरे पनि निजसँग शारिरिक सम्बन्ध जोर्न कर लाग्छ ।
अन्तत: छोरा जन्मन्छ, उनले चाहेको जस्तै छोरा भएपछि घरमा निकै खुसी छाउँछ । छोराकी आमा भएर पनि दुलहीलाई कृष्णको स्नेह सहानुभूति र सम्मान प्राप्त हुँदैन ।
आफैँले पाएको छोरा पनि दुलहीले आफूले राख्न पाउँदिनन् । सौताले छोरा लिएर हिँड्दा दुलहीमा औडाहा पैदा हुन्छ । सुत्केरी र बिरामी दुलहीको औषधोपचारको व्यवस्था गरे पनि अनुराग नदेखाएकाले दुलही जीवनदेखि निरास हुन्छिन् र सौतालाई जीवन बिगारी दिएको दोष लगाउँछिन् ।
हेलेनको जोडले पनि कृष्णको भावमा खास परिवर्तन हुँदैन । पत्नीको स्थानमा राखेकी उनले दुलहीलाई पनि प्रेम दिनुपर्ने हठ देखेर त्यो अधिकार दिन नसक्ने कारण उसको भातृत्वहरणद्वारा उसमाथि आफूले गरेका अन्यायको रहस्योद्घाटन गर्छ । यस रहस्योद्घााटनबाट हेलेनको पतिको एकलौटी प्रेम पाउनाको मोह भंग हुन्छ र ऊ विद्रोह गरेर घर छाडी हिड्छे । यो मसानको आधिकारिक कथा हो । यसलाई रंगमञ्चमा हुबहु उतार्ने प्रयास गरिएको छ ।
यस आधिकारिक कथावस्तुको साथ वाग्मती र कृष्णकी बहिनीको कथा पनि चर्चाका क्रममा थाहा पाइन्छ । वाग्मती सौताको पीरले कृष्णकी नोकर्नी भएकी छे । दुलहीलाई बाग्मतीले आफ्ना पिर र बेदनाका रसास्वादन गराइरहँदा रंगमञ्च स्तब्ध बन्छ । पुस्तकमा लेखिएका विषय र रंगमञ्चमा देखाइएका विषयहरू मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ ।
यस्ता कलाकार
चैत १० गतेदेखि नाटक एकसातासम्म चल्यो । सहित्यकार स्व. गोपालप्रसाद रिमालद्वारा लिखित ‘मसान’ नाटकको मुकेश कर्णले निर्देशन गरेका छन् ।
नाटकको सन्देश अझै पनि सान्दर्भिक रहेकाले रंगमञ्चीय नाट्य रुपान्तरण गर्न मञ्चन गरिएको निर्देशक कर्णले जानकारी दिए । मसान नाटकमा दीपा पोखरेल, विजया नेपाल, वर्षा न्यौपाने, सम्झना आर्चय, निर्मल शर्मा, रिदम बस्नेत, अशोक गौतमले अभिनय गरेका छन् । नाटकको लाइट व्यावस्थापन भरत कार्की र स्टेज व्यावस्थापन विकास पराजुलीले गरेका छन् ।
गोपालप्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । वि.सं. १९७५ जेठमा जन्मिएका रिमालको मृत्यु वि.सं. २०३०, कार्तिकमा भएको थियो । उनले लेखेका कृतिहरूमध्ये ‘मसान’ चर्चित नाटक हो ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...