सलमान खानलाई अदालतले दियो विदेश भ्रमणको अनुमति

बैशाख ४, २०७५

बलिउडका अभिनेता सलमान खानलाई जोधपुर अदालतले विदेश भ्रमणको अनुमति दिएको छ ।

यस अघि उनलाई कालो शिकार मुद्दामा जमानत प्रदान गरिएको थियो ।


ADVERTISEMENT

केही अघि अभिनेता खानले जोधपुर जिल्ला र सेसन अदालतमा विदेश भ्रमण गर्न अनुमती दिन माग गर्दै  निवेदन पेश गरेका  थिए ।

सलमान खान मे २५ देखि जुलाई १० बीचमा क्यानडा, नेपाल र अमेरिका भ्रमण गर्ने तालिका रहेको छ ।
 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस