नेविसंघको माग–काठमाडौंको जुनसुकै ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ

बैशाख ४, २०७५

काठमाडौं, ४ वैशाख– नेपाल विद्यार्थी संघले राजधानीका जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग गरेको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई मंगलबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले निर्णय फिर्ता लिन माग समेत गरेको छ ।


ADVERTISEMENT

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले सिडिओ शर्मालाई भेटेर काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने भनि बैशाख २ गते गरिएको निर्णय तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा कम्युनिष्ट सरकारले संविधानमै व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बधी मौलिक हकविरुद्ध निषेधाज्ञा जारी गरेको आरोप लगाइएको छ । नेविसंघले प्रशासनले उक्त निर्णय फिर्ता नलिए बैशाख १६ गतेदेखि नै सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

सो अवसरमा नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीसहित नेबिसघं केन्द्रीय सदस्य सुशील भट्टलगायतको समेत सहभागिता रहेको नेबिसंघ नेता निरन्जन थापाले जानकारी गराए ।

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस