कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काठमाडौं, ४ वैशाख–प्रत्येक वर्ष बढ्दो बेरुजु नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्न सकेको छैन । महालेखा परीक्षकको कार्यालयका प्रतिवेदनहरू हेर्दा प्रत्येक वर्ष थपिएर बेरुजु अंक बढ्दो क्रममा देखिन्छ ।
महालेखा परीक्षकको कार्यालयको ५२औं प्रतिवेदनले असुल फर्छ्यौट रकम तथा कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु रकम २ खर्ब ४३ अर्ब १० करोड देखाएको थियो । सो बेरुजु रकम ५१औं प्रतिवेदभन्दा १९ प्रतिशतले वृद्धि भएको थियो । त्यसपछि ५३औं प्रतिवेदनअनुसार कुल बेरुजु रकममा २३ दशमलव ६९ प्रतिशतले वृद्धि भएर ३ खर्ब २८ अर्ब ५ करोड पुगेको थियो ।
त्यसपछि २०७२/०७३ मा जारी ५४औं प्रतिवेदनमा २० दशमलव ६२ प्रतिशतले बढ्दै बेरुजु अंक ३ खर्ब ९६ अर्ब २५ लाख पुगेकोमा गत आर्थिक वर्ष २०७३/०७४ को लेखा परीक्षण गरी बनेको ५५औं प्रतिवेदनमा २६ दशमलव २० प्रतिशतले वृद्धि हुँदै ५ खर्ब ८ करोड बेरुजु पुगेको उल्लेख छ ।
प्रतिवेदनअनुसार ५४ प्रतिवेदनदेखि ५५औं प्रतिवेदनसम्म आइपुग्दा ९४ अर्ब ८१ करोड ५४ लाख बेरुजु थपिएको छ । खासगरी असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की बेरुजुमध्ये अग्रिम भुक्तानी भएर हिसाब मिलान गरिने पेश्की बेरुजु फर्छ्यौट भए पनि अन्य २ वटा बेरुजु फर्छ्यौटमा खासै चासो गएको छैन । यसरी हेर्दा सरकारी निकायहरूले बेरुजु फर्छ्यौटमा चासो नदिएको देखिन्छ ।
आर्थिक कार्यविधि ऐन २०५५ दफा २ (द) ले प्रचलित कानूनबमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको व्यहोरालाई बेरुजूको रूपमा परिभाषित गरेको छ । तर अनियमित क्रियाकलाप भएको प्रतिवेदन र बढ्दो बेरुजुप्रति सरकारी निकायको चासो गएको देखिँदैन ।
महालेखा परीक्षकको कार्यालका प्रवक्ता उद्धबचन्द्र श्रेष्ठले नीतिगत अनुशासनमा चुक्दा प्रत्येक वर्ष बेरुजु बढिरहेको बताए । उनका अनुसार महालेखाले पटक–पटक ताकेता गर्दा पनि सरकारी निकायले बेरुजु फर्छ्यौटमा चासो दिँदैनन् । तर सामान्यतया लेखापरीक्षण अंक बढ्ने हुँदा बेरुजु पनि बढ्ने क्रममा रहेको श्रेष्ठको भनाइ छ ।
अवस्था डरलाग्दो
खासगरी बजेट निकासा गर्दा प्रर्याप्त ध्यान नदिएको र वित्तीय अनुशासन कायम गर्न नसक्दा बेरुजुको अवस्था डरलाग्दो छ । महालेखाको ५४औं प्रतिवेदनले भनेको बेरुजुको अवस्था ५५औं मा पुग्दा घट्नुको सट्टा बढेको छ ।
पेश्की बेरुजुबाहेक अनियमितता भएको बेरुजु फर्छ्यौटमा सम्बन्धित निकायले ध्यान नै नदिएको देखिएको महालेखाको ५५औं प्रतिवेदनले पनि भनेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय भन्छन्, ‘सम्बन्धित सरकारी निकाय गैरजिम्मवार बने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आफ्नो काम गर्न सकेन । कर्मचारीतन्त्रमा वित्तीय अनुशासन कायम गराउन कसैको ध्यान गएन । यो सामान्य अवस्था होइन डरलग्दो अवस्था हो ।’
सरकारले कर्मचारी तथा सम्बन्धित निकायलाई जिम्मेवार र जवाफदेही बनाउन नसकेको देश अनियमिततामा चुर्लुम्म डुब्ने खतरा रहेको बताए । उनले भने, ‘सरकारले बजेट अनुशासन, सार्वजनिक खरिद व्यवस्थापन, पारदर्शिताजस्ता कुरामा जिम्मेवार र जवाफदेही बनाउन सक्नुपर्छ, नत्र अवस्था डरलाग्दो हुनसक्छ ।’
विश्लेषक विष्णुबहादुर खत्रीले कोही पनि जिम्मेवार नहुँदा यस्तो अवस्था आएको बताए । उनले भने, ‘यहाँ कोही पनि जिम्मेवार र जवाफदेही छैन । यस्तो अवस्थामा हामीजस्तो यो क्षेत्रको सुधारका लागि काम गर्नेहरूले पनि बोल्नु आवश्यक छ जस्तो नै लाग्न छोडेको छ ।’
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...