×

NMB BANK
NIC ASIA

भारतकै धनी व्यापारी मुकेश अम्बानीको यसरी बित्छ दैनिकी

बैशाख ९, २०७५

NTC
Premier Steels

मुम्बई - भारतको  सर्वाधिक धनी व्यापारी मुकेश अम्बानीको सम्पत्ति  १.२४ लाख करोड छ  | अम्बानी वार्षिक १०,५३४ करोड भारतीय रुपैयाँ कमाउँछन् । जसअनुसार उनी एक सेकेण्डमा ३३३३ भारतीय रुपयाँ कमाउँछन् । 
मुम्बईमा उनको २७ तले   सुविधासम्पन्न घर रहेको  छ ।   रियल स्टेटका मालिक उनले सन् २०१६ मा ‘जियो’ प्रोडक्ट समेत लन्च गरेका थिए । उक्त प्रोडक्टको   १६ करोड प्रयोगकर्ता पुगिसकेको छ ।  

Muktinath Bank

१९ अप्रिलमा आफ्नाे ६१ औं जन्मदिन मनाएका अम्बानी  सपिङले होस् या चढ्ने कारका कारण,  अथवा  घरको कारणले नै किन नहोस् बेलाबेलामा  चर्चामा आइरहन्छन् । उनै भारतका  सबैभन्दा धनी र विश्वकै ३६ औ धनी अम्बानीको दैनिक रुटिन कसरी चलिरहेको छ त ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय मिडियाका अनुसार अम्बानीको दैनिकी निकै टाइट र व्यस्त देखिन्छ । राती अबेर सुत्ने   अम्बानी बिहान ५ बजेदेखि साढे ५ बजेको बीचमा  उठीसकेका हुन्छन् ।  उनी बिहान ६ बजेदेखि साढे ७ बजेसम्म जिम र अाेर्कआउटमा व्यस्त हरन्छन् । यहीबीचमा स्वीमिङ पनि गर्छन्  भने पत्रपत्रिका समेत पढ्छन् ।  उनको मुम्बईस्थित आलिशान २७ तले घरको दोस्रो तलामा  पारिवारिक जिमखाना रहेको छ  । 


Advertisment
Nabil box
Kumari

बिहान ८ बजेदेखि ९ बजेको बीचमा उनले घरको १९ औं तलमा पुगेर ब्रेकफास्ट लिइसकेका हुन्छन् ।  उनी त्यो बीचमा जुस लिन्छन् ।  नास्तामा दालरोटी–दहीसहितको हल्का नास्ता लिन्छन् ।  

Vianet communication

बिहान ९ देखि १० बजेसम्मको बीचमा उनी अफिसका लागि तयार हुन्छन् । यस्तै २१ औं तलमा रहेको व्यक्तिगत अफिसमा पुगेर जरुरी फाइल र ब्यागहरु संकलन गर्छन् ।  उनको पोशाकमा सेतो सर्ट, कालो पेन्ट हो । 

त्यसपछि उनी केहिसमय आमा र बालबच्चा भेट्नेलगायतमा समय खर्चिन्छन् । यसपछि भने गाडी पार्किङमा पुगेर कहिले ड्राइभरको साथ त कहिले आफैं ड्राइभ गरेर कर्पोरेट अफिसका लागि प्रस्थान गर्छन् ।

बिहान ११ बजे अम्बानी नरीमन प्वाइन्टमा रहेको कर्पोरेड हेड अफिसमा पुग्छन् । जहाँ उनी सहयोगीले तयार पारेको  डेली चेक लिस्ट र मिटिङ सेड्यूलअनुसार काम गर्छन् ।  आवश्यकता अनुसार अफिसमै र बाहिरको मिटिङमा पनि सहभागि हुन्छ ।  निकटस्थका अनुसार उनी हरेक  हप्ताको सोमबार चेक लिस्टको पुनरावलोकनका साथै कर्मचारीलाई आवश्यक निर्देशन दिइरहेका हुन्छन् ।  उनी अफिसमै राती १० बजेसम्म व्यस्त हुन्छन् । 

 रात ११ बजेसम्ममा उनी घर फर्किन्छन् र १५औं तलमा रहेको बेडरुपमा पुगेर  ड्रेस चेन्ज गर्छन् । यस्तै राती ११ बजेदेखि १२ बजेसम्म १९ औं  तलामा रहेको किचेनमा पुगेर पत्नी निताका साथ डिनर लिन्छन् । उनको खानामा रोटी, सब्जी, भात र सलादसहितका परिकार समावेश हुन्छन् । सातामा एक दिन गुजराती र साउथ इन्डियन खान पनि हुन्छ । उनका लागि नेपाली कुकले खाना बनाउँछन् । 


यस्तै केहिबेर उनी पत्नी नीताको साथ दिनभरका कामकाबारेमा कुराकानीका साथै  अन्य व्यावसायिक विषयमा पनि छलफल गर्छन् । त्यसपछि  सुत्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x