मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
ज्योतिषविद्याले भविष्यमा हुने शुभाशुभ घटनाको जानकारी दिने बताइन्छ । हस्तरेखा ज्योतिषमा हत्केलाको रेखा र बनावट हेरेर भविष्यवाणी गर्न सकिन्छ ।
भारतको उज्जैनकी हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार, हत्केलामा साना रेखाहरूको निशानले व्यक्तिको सौभाग्य बढाउँछ । हत्केलामा यस्तो शुभ चिह्न हुने व्यक्तिले सुखसुविधा र मानसम्मान प्राप्त गर्छन् ।
यस्तै एक शुभ चिह्न त्रिशूल पनि हो ।
शुक्र पर्वतमा त्रिशूल भएमा व्यक्तिले जीवनमा साँचो प्रेम पाउँछ । यस्तो व्यक्तिले अरूको भावना बुझ्छ । शुक्र पर्वत बूढी औंलाको ठीकमुनि हुन्छ र जीवनरेखाले यसलाई घेरेको हुन्छ ।
कसैको हत्केलामा रहेको मंगल पर्वतमा त्रिशूल भएमा व्यक्ति कडा मेहनत गरेपछि धनी हुन्छ । मंगल पर्वत हत्केलामा दुई ठाउँमा हुन्छन् । एक मंगल पर्वत गुरु पर्वत र शुक्र पर्वतको बीचमा हुन्छ अनि अर्को चाहिँ चन्द्र पर्वत र बुध पर्वतको बीचमा हुन्छ ।
चन्द्र पर्वतमा त्रिशूल छ भने व्यक्ति कल्पनाशील र रचनात्मक हुन्छ । यो पर्वत बूढी औंला र शुक्र पर्वतको ठीकअघि हत्केलाको अर्कोपट्टि हुन्छ ।
कान्छी औंलाको मुन्तिर बुध पर्वत हुन्छ । बुध पर्वतमा त्रिशूल भएमा व्यक्ति बुद्धिमान हुन्छ र बुद्धि खियाएर धनी बन्छ ।
गुरु पर्वतमा त्रिशूल भएमा व्यक्ति सफलताका साथै प्रसिद्धि प्राप्त गर्दछ । यो चोर औंलाको मुन्तिर हुन्छ ।
माझी औंलाको मुन्तिर शनि पर्वत हुन्छ । शनि पर्वतमा त्रिशूल भएमा व्यक्ति ज्ञानी र धनी हुन्छ ।
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...