×

NMB BANK
NIC ASIA

‘एकता हुनै सक्दैन भन्नेले फेरि ओली र प्रचण्ड मिल्नै सक्दैनन् भन्न थाले’

जेठ ४, २०७५

NTC
Premier Steels

काठमाडौं, ४ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय  केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्डले एकता हुनै सक्दैन भन्नेहरुले एकता भइसकेपछि फेरि टिकाउ हुन सक्दै भनि अफबाह फैलाउन लागिपरेको अभिव्यक्ति दिएका छन् । 

Muktinath Bank

नेकपाको कार्यालय कोटेश्वर पेरिसडाँडाको अवलोकनपछि आयोजित कार्यक्रममा दुबै अध्यक्षले दुई पार्टीको एकता कुनैपनि हालतमा टुट्न नदिने प्रतिबद्धता जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका  अध्यक्ष ओलीले विराधीहरुले एकता भएपनि टिकाउ  हुन नसक्ने भन्दै भाका फेर्न थालेको बताए । 


Advertisment
Nabil box
Kumari

‘एकता हुनै सक्दैन भन्नेहरुको हिजोबाट भाका फेरिन थालेको छ । एकता त भयो तर टिकाउन गाह्रो छ भन्न थालेका छन्’, ओलीले भने, ‘ केपी ओली र प्रचण्ड एक ठाउँमा मिलेर बस्नै सक्दैन भन्न थालेका छन् ।  म के भन्न चाहन्छु भने हामीहरु पार्टी र सरकार प्रमुख भइसकेका छौं । अब भूतपूर्व भन्दा माथितिर फोटो टाँसिने हैन क्यारे ।’

Vianet communication

उनले नेतृत्वकै कुरा गर्ने हो भने प्रचण्डले  ३० वर्ष र माधव नेपालले समेत १५ वर्ष पार्टी चलाइसकेको  भन्दै अब कसैलाई पदको लोभ नभएको बताए   ।  उनले भने, ‘अब हामीलाई कुन पद चाहिएको छ र ! यी सबै विरोधीहरुले फैलाएको हल्लामात्रै हो ।’


ओलीले विगतमा सफलताका साथै  असफलता अनेकन् श्रृंखलाहरु पार गरेर यहाँसम्म आइपुगेको  स्मरण गर्दै अब सबै एकजुट भएर देश बनाउन लागिपर्ने पनि बताए । 

एकीकृत पार्टीमा विचारबारे कुनै विवाद नरहेको   र  अब मिलेर समृद्धि,सामाजिक न्याय र समनामूलक समाज निर्माणकाललागि काम उनको भनाई थियो । 

उनले अगाडि भने, ‘हामीबीच  एकता हुँदा कुनै भ्रम नरहोस्  जनताको हित, परिवर्तनकारी मूल्य र मान्यताहरुलाई छाडेर मिलेको होइन  । देशको हितका लागि सैद्धान्तिक मूल्य मान्यता सबै मिलाएर एक भएका हौं ।’

उनले अब नेकपा शक्तिशाली  बनेको भन्दै कम्युनिष्टलाई टक्कर दिने कोहि पनि नभएको समेत दाबी गरे । 

यस्तै नेकपाका अर्का अध्यक्ष  प्रचण्डले देशमा नयाँ इतिहास सुरु भएको प्रतिक्रिया दिए । उनले अब विज्ञानको युगलाई पनि पचाएर देशलाई नयाँ तीब्र गतिका साथ अघि बढाउने उद्घोष गरे । 

शुक्रवार साढे ५ बजे ओली र प्रचण्ड पेरिसडाँडा पुग्दा पूर्व माओवादीका कार्यकर्ताले उनीहरूलाई भव्य स्वागत गरेका थिए । 

ओली र प्रचण्डसँगै महासचिव विष्णु पौडेल र सचिवालयका नेताहरू पनि कोटेश्ववर पुगेका थिए । 
 प्रचण्ड र ओलीलाई एउटै टेवलमा दुईवटा कुर्सीको व्यवस्था गरिएको थियो । 

नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीवार पार्टी एकता भएको थियो । एकताको भोलिपल्ट ओली र प्रचण्डले दुवै कार्यालयमा गएर पदभार ग्रहण गरेका छन् । 

अपराह्न धुम्बाराहीस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा गएर पदभार सम्हालेपछि अध्यक्षद्वयसहित सचिवालय सदस्यहरु पेरिसडाँडा पुगेका थिए । 

सम्बोधन अघि पेरिसडाँडामा दुवै नेताले शहीदको शालिकमा माल्यार्पण समेत गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x