×

NMB BANK
NIC ASIA

प्रदेश ७ मा ‘हेल्लो सीएम’ सेवा, जनताका गुनासा ४ घण्टाभित्रै सम्बोधन गरिने

जेठ ७, २०७५

NTC
Premier Steels

धनगढी, ७ जेठ– प्रदेश नम्बर ७ काे सरकारले आज (सोमबार) देखि ‘हेल्लो सीएम’ सेवाको विधिवत शुरूवात गरेको छ ।

Muktinath Bank

जनताको जनगुनासो सुन्न र समाधान गर्न पैसा नलाग्ने १६६०–९१५२७२३ टोल फ्रि नम्बरसहितको हेल्लो सीएम  सेवाको शुरूवात भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री त्रिलोचन भट्टले आज एक कार्यक्रमकाबीच उक्त सेवाको उद्घाटन गरेका छन् । उनले अछाम जिल्लाका स्थानीय करनजंग शाहीको पहिलो गुनासो सुन्दै सेवाको शुरूवात गरेका थिए । शाहीले बढ्दो ट्राफिक समस्या समाधानको लागि मुख्यमन्त्री भट्टसंग माग गरे । जवाफमा मुख्यमन्त्री भट्टले तत्काल समाधानको पहल गरिने बाचा गरे ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार र जनतालाई जोड्ने उदेश्यका साथ हेल्लो सीएमको शुरूवात गरेको बताए । ‘यो सेवामार्फत हामी गुनासो सुन्नलाई मात्रै होइन, तत्काल गुनासो समाधान गर्नलाई शुरूवात गरेका हौं,’ मुख्यमन्त्री भट्टले भने, ‘यो सेवा ग्रामीण जनतासम्म पुर्‍याउने हाम्रो मुख्य लक्ष्य हो ।’

Vianet communication

'हेल्लो सीएम' सेवामार्फत आएका समस्या तथा गुनासोलाई बर्गीकरण गरी समाधान गरिने भएको छ । तत्काल समाधान गर्न विषयको गुनासो तथा समस्यालाई चार घण्टाभित्रै समाधान गरिने प्रदेश मुख्यसचिव लक्ष्मीराम पौडेलले बताए ।

त्यस्तै, समान्य प्रकृतिका गुनोसोलाई तीन दिनदेखि एक हप्ताभित्र समाधान गर्ने मुख्यसचिव पौडेलले जनाए । २४ औं घण्टा गुनासो सुन्ने बताउँदै उनले तत्कालले केहि प्राविधिक काम जारी रहेकोले विहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने पनि उल्लेख गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उक्त हेल्लो सीएम सेवामा दुर्घटना, विपद सम्बन्धी घटना र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ । 

प्रदेशस्थित सार्वजनिक निकायसे वितरण गर्ने सेवा सुविधामा भेदभाव गरिएको वा वञ्चित गरिएको अवस्थामा, सार्वजनिक निकायबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको अवस्थामा, सार्वजनिक निकायको गैरकानूनी क्रियाकलाप वा त्यस्तो कार्यबाट कुनै व्यक्तिलाई हानी नोक्सानी भएको अवस्थामा हेल्लो सीएममा गुनासो राख्न सकिने भएको छ ।

त्यस्तै, संविधान र प्रचलित कानूनप्रदत्त हक अधिकारको उपयोगमा बाधा, अवरोध वा विभेद गरिएमा र भष्टाचार तथा महिला हिंसा वा अन्य लैंगिक हिंसा सम्बन्धी क्रियाकलाप भएमा गुनासो गर्न सकिने जनाइएको छ ।
हेल्लो सीएम सेवा संघीय सरकारको हेल्लो पिएमको ढाँचामा सञ्चालन हुने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x