×

NMB BANK
NIC ASIA

जेल जाँदा पनि सुनकाण्डमा मुुछिएका उच्च प्रहरी अधिकारीलाई यस्तो छुट !

हत्कडी लगाइएन, गोरे र २८ बन्दी जिप्रका मोरङकै हिरासतमा

जेठ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ९ जेठ –जिल्ला प्रहरी कार्यालय मोरङबाट अदालतमा उपस्थित गराउने क्रममा सुन तस्करीमा संलग्न उच्च प्रहरी अधिकारीलाई बिनाहत्कडी ल्याइएको थियो ।  
अदालतमा म्याद थपदेखि मुद्दा दायर हुँदासम्म पनि सोहि क्रम दोहोरियो । 

Muktinath Bank

 मुद्दा दायर भएको १९ दिन पछिमात्र थुनछेक बहस सकियो । त्यो बीचमा उनीहरु कुनै अभियुक्तमा भन्दा पनि प्रहरीकै बहालवाला जस्तै गरी हिँडिरहेका र मोबाईलमा समेत कुरा गरिरहेका देखिन्थे ।  
यसैक्रममा जिल्ला अदालत मोरङले आदेश दियो, ‘सुन तस्करका अभियुक्त २ जना बाहेक सबैलाई पुर्पक्षका लागि थुनामा राख्नु ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ जनामा पनि एकजनालाई १५ हजार धरौटी मागिएको थियो भने एकजनाको हकमा साधारण तारेखमा छाडिएको हो । 


Advertisment
Nabil box
Kumari

छाडिएकाहरु बिष्णुबहादुर खड्का प्रहरी जवान र अम्मरबहादुर थापामगर हवल्दार  हुन्। 

Vianet communication
Laxmi Bank

 उनीहरु दुबैलाई शुरुका दिनदेखि नै हत्कडी लगाएर अदालत पुर्याईएको थियो । उनीहरु छुटीसकेका छन्  । 

तर अदालतले दोषी रहेको भन्दै कारागार चलान भएका अन्य उच्च प्रहरी कर्मचारीहरु भने  जेल जाँदैगर्दा पनि हत्कडीमा देखिएनन् । 

कारागार चलान भएका २८ जना मध्ये गोबिन्द निरौला, दिवेश लोहनी, विकासराज खनाल, सञ्जय बहादुर राउत, प्रजित केसीलाई हत्कडी नलगाइएको हो  । अरु बाँकीलाई हत्कडीसहित प्रहरीको मिनी ट्रकमा सहित कोचियो । उनीहरुलाई अर्कै गाडीमा लगिएको थियो । 

कारागारमा क्षमता नभएपछि ...

मोरङ जिल्ला अदालतबाट मंगलवार पुर्पक्षका लागि पठाईएका २८ जना सुनकाण्डका बन्दीहरुलाई कारागारमा नअटाएपछि पुनः प्रहरी कार्यालयमा फर्काइएको छ । राख्ने ठाउँ नभएको जनाउँदै कारागारले राख्न नमानेपछि जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरिएको थियो । 

कारागार प्रमुख शंकर प्रसाद पौडेलले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएपछि प्रहरीले फर्काएको थियो । २ सय ५० कैदी बन्दी क्षमताको कारागारमा मंगलवार २८ जना पुग्नु अघिसम्म ७ सय ५० जना कैदीबन्दी रहेको उनले बताए । 

प्रहरीका अनुसार, सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न प्रहरीका उच्च अधिकारी सहित सबै २८ जना बन्दीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । 

मंगलवार पक्राउ परेका सुनकाण्डका मुख्य अभियुक्त भनिएका गोरे भन्ने चुडामणी उप्रेती पनि जिल्ला प्रहरी कार्यालय मोरङकै हिरासतमा रहेका छन् । 

यसैबीच जिल्ला प्रहरी कार्यालयमा राखिएका २८ जनालाई आज अन्यत्र पठाउने तयारी भईरहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मोरङ कारागारमा राख्ने ठाउँ नभएपछि उनीहरुलाई क्षेत्रीय कारागार कार्यालय झुम्का लग्ने तयारी भईरहेको जानकारी दिए । 

हिजो साँझ भएकोले ब्यवस्थापनमा केही समस्या देखिएकोले आज उनीहरुको ब्यवस्थापन गरिने प्रजिअ आचार्यको भनाई छ ।
 

‘मोरङ कारागारमा २सय ५० क्षमता रहेकोमा  ४ गुणा बढी कैदी बन्दी रहेकोले त्यहाँ अटाउने ठाउँ छैन’,  आचार्यले भने, ‘नजिकै भनेको झुम्का कारागार हो  । त्यहाँ १६ सय क्षमतामा १४ सय मात्र कैदीबन्दी रहेको भन्ने जानकारीमा आएको छ, त्यहीँ पठाउने बारेमा छलफल हुँदैछ ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x