आइतबार पनि दोहोरो अंकले घट्यो नेप्से

जेठ २७, २०७५

काठमाडौं, २७ जेठ- लगातार ओह्रालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आइतबार पनि २५ दशमलव ४३ अंकले घटेको छ । आइतबार समग्रमा २ दशमलव ०२५ ले घटेको नेप्से १२३१ दशमलव ६४ विन्दुमा आइपुगेको हो ।

आइतबार कुल १ सय ६२ कम्पनीको ४४ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । यो कारोबार रकम औसतमा राम्रै हो । ११ लाख ७६ हजार ३४ कित्ता सेयर खरिदबिक्री भएका छन् । 
 
कारोबार भएका सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक २१७ दशमलव २४ अंकले घटेको छ ।

 

होटेल समूह ५४ दशमलव ४६ अंक र वाणिज्य बैंक समूहमा १९ दशमलव २८ अंकको गिरावट आएको छ । कारोबार रकममा मेगा बैंकले अग्रता लिएको छ ।

 

यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र नेपाल टेलिकम परेका छन् । 

जेठ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस