×

NMB BANK
NIC ASIA

योगासनमा मुख्यमन्त्री : योग गरेर ‘आफ्नो डाक्टर आफै’ बन्न आह्वान

असार ७, २०७५

NTC
Premier Steels

धनगढी, ७ असार – ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग गरेका छन् ।

Muktinath Bank

योग दिवसको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री भट्टले योगलाई प्रदेशभरि अभियानकै रुपमा सञ्चालन गरिने बताए । ‘प्रदेशका जनतालाई निरोगी बनाउन पनि योगलाई अभियानात्मक रुपमा सञ्चालन गरिने छ,’ उनले भने । हरेक मानवको पहिलो सम्पत्ति भनेकै स्वास्थ्य भएको र स्वस्थ रहन योग जरुरी रहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आफ्ना गलत आनीबानी र खानपानलाई अहिलेदेखि त्यागौ, तपाई–हामी स्वस्थ भए मात्रै प्रदेश स्वस्थ रहन्छ । स्वस्थ प्रदेशले समृद्धि र विकास पनि चाडो हुन्छ,’ उनले भने, ‘आफ्नो डाक्टर आफैं बन्नुपर्ने बेला आएको छ । यसका लागि हरेक दिन योगा गर्न सबैमा आह्वान गर्छु ।’


Advertisment
Nabil box
Kumari

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दीर्घ सोडारीले ७ नम्बर प्रदेशका स्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताए । ‘विकट तथा दूरदराजका वस्तीलाई पनि स्वास्थ्य पहुँचमा ल्याउन सामाजिक विकास मन्त्रालय कटिवद्ध रहेको छ,’ उनले भने ।

Vianet communication

योग दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज कार्यक्रमको आयोजना गरेको थियो । सरकारी, गैरसरकारी निकाय तथा सर्वसाधारणको उपस्थितिमा धनगढीको चौराहबाट विभिन्न योगमैत्री नारासहित शुरू भएको र्यालीले बजार परिक्रमा गरेको थियो । र्यालीका सहभागीले सामाजिक विकास मन्त्रालयको प्राङ्गणमा योगाभ्यास समेत गरेका थिए । योगाभ्यासमा प्रदेशका सबै मन्त्रीको सहभागिता थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x