×

NMB BANK
NIC ASIA

ठूलो महानगरको बजेट साढे ६ अर्ब, काठमाडौं–पोखरा रेलको चर्चा

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा, १० असार – भौगोलिक हिसावले मुलुककै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । 

Muktinath Bank

महानगरपालिकाको आज आयोजित तेस्रो नगरसभामा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा पूर्वाधार विकास, वातावरण र सामाजिक विकास प्राथमिकतामा परेका छन् । फेवा तथा बेगनास र अन्य सातवटा तालको संरक्षण योजना, ढल निकास गुरूयोजना तथा फेवाताल ढल डाइभर्सन, फेवा–बेगनास मोनोरेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिनमुनि व्यवस्थापन तथा रेलिङ निर्माण, १६ किमी सडक कोर सिटीमा (शहरी भाग) स्तरोन्नति, पर्यटकीय बसपार्क निर्माण, फिर्के करिडोर निर्माणलगायत १२ वटा महानगरका गौरवका योजना रहेको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार बजेटमा पूर्वाधार विकासतर्फ २ अर्ब २३ करोड रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ करोड ५१ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख रुपैयाँ, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, पुँजी निर्माणतर्फ ५ करोड १० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड विनियोजन गरिएको बताउँदै उनले विभिन्न कोषका लागि कूल २१ करोड, राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँड फिर्तातर्फ ४६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

आयतर्फ ४ अर्ब ३३ करोड ७५ लाख अनुमानित बाह्य आय रहेको छ भने आन्तरिक आयतर्फ १ अर्ब ६९ करोड ९० लाख, नगद मौज्दात ५० करोड रुपैयाँसमेत रहेको प्रमुख जिसीले उल्लेख गरे । नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ  ६१ करोड ४४ लाख, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदानतर्फ १ अर्ब २० करोड ४२ लाख, नेपाल सरकारबाट प्राप्त समपुरक अनुदानतर्फ ६ करोड, नेपाल सरकारबाट प्राप्त विशेष अनुदानतर्फ १५ करोड, नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँडबापत ३४ करोड ६५ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ७४ लाख र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडतर्फको आय ३ करोड २९ लाख रुपैयाँ रहेको छ । 

तेस्रो नगरसभालाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तीनै तहका सरकारको समन्वय र सहकार्यका आधारमा मुलुकको समृद्धि प्राप्त गर्न सकिने बताए । पूर्वमन्त्री एवं सांसद खगराज अधिकारीले केरुङ–काठमाडौं–पोखरा–लुम्विनी रेलमार्ग निर्माण अपरिहार्य भएको बताए ।

सांसद सूर्यबहादुर केसीले नगरसभामा प्रस्तुत बजेटमा चालू खर्च बढी र पूँजीगत खर्च कम भएको हुँदा खर्च नियन्त्रण गर्नु पर्नेमा जोड दिए । 

अन्नपूर्ण गापाको बजेट ५० करोड 

यसैबीच, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आव २०७५/७६ का लागि ५० करोड ४४ लाख विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार कृषि, पर्यटन, खानेपानी र सडकलाई मुख्य प्राथमिकतामा राखिएको छ । आब २०७५/७६ मा १ करोड १२ लाख आन्तरिक आम्दानी उठाउने लक्ष्य लिइएको कुँवरले जानकारी दिए ।

पर्यटकीय पूर्वाधारको विकासका लागि ७४ लाख, गाउँपालिका स्तरीय चक्रपथ निर्माणका लागि ‘म्याचिङ फण्ड’ शीर्षकमा १ करोड, सडक स्तरोन्नतिका लागि ४ करोड ५० लाख, ‘एक वडा, एक उत्पादन’ (कृषि पशु तथा उद्योग) का लागि १ करोड छुट्याएको छ । 

त्यस्तै, वातावरण तथा विपद् व्यवस्थापनका लागि ३६ लाख, सामाजिक विकासतर्फ ९२ लाख ८४ हजार, सिँचाइतर्फ २२ लाख, ग्रामीण सिँढी बाटोका लागि ६५ लाख रुपैयाँ छुट्याइएको अध्यक्ष कुँवरले जानकारी दिए । कृषि उत्पादनलाई प्राथमिकतामा राखेको गाउँपालिकाले आव २०७५/७६ मा कोदो महोत्सव सञ्चालन गर्ने भएको छ । त्यस्तै, गाउँपालिकाले ‘एक विद्यार्थी, एक फलफूल’ र ‘एक घर, एक फलफूल’ अभियान सञ्चालन गर्ने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x