क्रोएसियाले रच्यो इतिहास : पहिलोपटक विश्वकपको फाइनलमा, उपाधिकालागि फ्रान्ससँग भिड्ने

असार २८, २०७५

काठमाडौं– रुसमा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएशिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा क्रोएसियाले आइतबार उपाधिका लागि फ्रान्सको सामना गर्नेछ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई अतिरिक्त समयमा २ – १ ले हराउदै क्रोएसिया फाइनलमा पुगेको हो ।


यसअघि मंगलबार राती भएको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएर फाइनल प्रवेश गरेको थियो ।

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस