×

NMB BANK
NIC ASIA

करोडौँ मुटुहरुका ढुकढुकी गायक अरुण थापामागर सरकारको ढुकढुकी बन्न सकेनन्

साउन ६, २०७५

NTC
Premier Steels

काठमाडौँ- ‘करोडौँ मुटुहरुको ढुकढुकी नेपाल......’ जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताउनुभएको छ । 

नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र स्व अरुणको १९ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति संगीत पुरस्कार–२०७४ वितरण समारोहमा उहाँहरुले स्व अरुणको स्मृति दिवस मनाउन सरकारले कुनै चासो नदिएको गुनासो गर्दै मगर विद्यार्थीले आफ्नो गोजीको पैसा संकलन गरेर विसं २०६१ देखि उहाँको स्मृति दिवस मनाउँदै आएको बताए । 

विसं २००९ साल माघ ११ गते भारतको कलकत्तामा जन्मनुभएका स्व थापाको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनका बेलादेखि सांगीतिक क्षेत्रमा झुकाव बढ्दै गएको थियो । 

विसं २०२८ मा ‘.....जति माया गरे पनि जति कसम खाए पनि ....’ भन्ने गीत रेडियो नेपालमा रेकर्ड भएपछि अरुणको चर्चा चुलिन शुरु भएको हो । 

विभिन्न देशभक्तिपूर्ण गीतले उहाँलाई साच्चिनै अमर बनायो भने ‘ऋतुहरुमा तिमी.......’,तथा ‘साँझको जुनसँगै आउँछ तिमी भनेर....’ जस्ता १५० भन्दा बढी कर्णप्रिय गीतले उहाँलाई विर्सनै नसकिने स्रोताको ढुकढुकी बनायो । 

विसं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरको रोगबाट उहाँको अल्पायुमै असामयिक निधन भयो । कार्यक्रममा नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढामगरले लोकप्रिय गायिका धनकुमारी थापामगरलाई नेपाली गीत संगीत क्षेत्रमा योगदान गरेको भन्दै अरुण स्मृति संगीत पुरस्कार–२०७४ बाट सम्मान गर्नुभयो । पुरस्कारको राशी रु १० हजार नगद तथा प्रमाणपत्र रहेको छ । 

त्यस अवसरमा बूढामगरले नेपालको सांगीतिक क्षेत्रको विकासमा मगर समुदायको विशिष्ट योगदान रहेको बताउनुहुँदै मगरात क्षेत्र मगर जातिको मात्र नभई देशको नै पहिचान हो भन्नुभयो । 

पुरस्कृत व्यक्तित्व धनकुमारी थापामगरले संगीत क्षेत्रको सफलताका लागि परिश्रम, लगाव तथा मेहनतको खाँचो रहेको औँल्याउँदै मगरजातिको छुट्टै वेषभूषा नेपालको गौरव हो भन्नुभयो । 

गलकोट नगरपालिकाका उपप्रमुख रेणुका थापामगरले स्व अरुण नेपालको सांगीतिक क्षेत्रमा उदाउँदो नक्षत्र भएको र उहाँले सांगीतिक क्षेत्रमा दिनुभएको योगदान विर्सन हुँदैन भन्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x