कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
हामी धेरैलाई गायत्री मन्त्र के हो भन्ने थाहा भएपनि यसको अर्थ थाहा नहुन सक्छ । पहिलापहिला व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । द्विजसंस्कार गरिएको ब्राह्मणले दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जपगर्नुपर्छ भनी शास्त्रले बताएको छ । अचेल भने गायत्री मन्त्र गोप्य रहेन । विद्यालयहरूदेखि लिएर पानपसलसम्म पनि गायत्री मन्त्र बजाइने गरेको पाइन्छ ।
गायत्री मंत्र : ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्
अर्थ : (ॐ) यो प्रभुको मुख्य नाम हो । त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) ।
सजिलो गरी भन्दा, सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् ।
गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् । गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछ । गायत्री मन्त्रका अक्षर यस्तो विचित्र र रहस्यमय छ कि यसको उच्चारण मात्रले पनि जिभ्रो, घाँटी एवं तालुमा भएका नाडी र तन्तु अद्भुत क्रममा सञ्चालन हुन थाल्छन् ।
गायत्रीको जपबाट अनायास एक महत्वपूर्ण योग साधना हुन थाल्छ र गोप्य शक्तिकेन्द्रको जागरणबाट साधकलाई आश्चर्यजनक लाभ हुन थाल्छ ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...