×

NMB BANK
NIC ASIA

मृत्यु संस्कार छोट्याइन थालेको भन्दै सनातन विद्वत परिषद् स्थापना

साउन २७, २०७५

NTC
Premier Steels

काठमाडौँ–शास्त्रको ज्ञान नभएकाले अन्त्येष्टि संस्कारसम्बन्धी पुस्तक प्रकाशन गरी पाँच वा सातदिने अन्य पद्धतिका नाममा भ्रम हुन थालेपछि आधिकारिक रूपमा शास्त्रीय ब्याख्या गर्न सनातन विद्वत परिषद् नेपालको स्थापना गरिएको छ । परिषद्मा वेद, इतिहास, पुराण, संस्कृति, दर्शन, धर्मशास्त्र, ज्योतिष, तन्त्र, कर्मकाण्ड आदि विषयका विज्ञ छन् ।  

Muktinath Bank

मृत्यु संस्कारका बारेमा फैलाइएका भ्रम निवारण गर्न परिषद्ले ‘सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै’ नामक पुस्तक प्रकाशन गरेको छ । अन्त्येष्टि संस्कारका बारेमा शास्त्रले उल्लेख गरेका विषय समेटिएको पुस्तक शनिबार जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले विमोचन गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा उनले अन्त्येष्टि संस्कारका बारेमा भ्रम फैलाउने समूह शास्त्रार्थ गर्न तयार हुनुपर्ने बताए । 
 नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले हिमवत् खण्डमा विकास भएको संस्कृति र संस्कार समाप्त गर्ने उद्देश्यले अन्त्येष्टिका बारेमा भ्रम फैलाएको बताए । 


Advertisment
Nabil box
Kumari

तीन, पाँच वा सात दिनमा अन्त्येष्टि संस्कार गर्नेलाई सामाजिक बहिष्कारको अभियान शुरु गर्नुपर्ने उनको भनाइ थियो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा विद्यानाथ भट्टले सनातन धर्मावलम्वीका १६ संस्कारमध्ये लोप भएर पाँच मात्र सीमित भएका बेला त्यसलाई पनि लोप गराउने षड्यन्त्र भइरहेको धारणा राखे । 

Vianet communication

कार्यक्रममा परिषद्का अध्यक्ष आचार्य पूर्णचन्द्र ढुंगेल, प्राडा दीर्घराज घिमिरे, प्राडा ऋषिराम पोखरेल, प्राडा देवमणि भट्टराई, सहप्राडा माधवप्रसाद पाण्डेयलगायतले शास्त्रविरुद्ध भ्रम फैलाउनेलाई सार्वजनिक रूपमा शास्त्रार्थ गर्न आह्वान गरे ।

शास्त्रीय विषयका २१ जना विद्वानको लेख समेटिएको पुस्तकमा १११ पृष्ठ छ । पुस्तक प्रकाशनका लागि जगतगुरु नेपाल सञ्चार केन्द्रले सहयोग गरेको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x